पोखरा – शुक्रबार पोखराका १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयद्वारा आज जारी आठवटा विज्ञप्ति अनुसार पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैंठौ सातौँ र आठौं विज्ञप्तिमा क्रमसः १, ५८, १, ६, ५३, १, ३५ र २८ गरी जम्मा १८३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार नै कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेका पोखरा -१५ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
निर्देशनालयद्वारा अद्यावधिक पहिलो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -१७ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै निर्देशनालयको दोस्रो विज्ञप्ति अनुसार लाईफ केयर डाईग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा पोखराका ५८ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमितहरुमा पोखरा महानगरपालिका वडा नं -९ का २९ वर्षीय पुरुष र ३१ र ४४ वर्षीय महिला, पोखरा -८ का ७ वर्षीय बालक र ७० वर्षीय पुरुष सहित २० वर्षीया महिला, पोखरा -३ का ५२ वर्षीय पुरुष, पोखरा -१६ का १८ वर्षीय युवक सहित ३२ र ६० वर्षीय पुरुष, पोखरा -२ का ४३ वर्षीया महिला, पोखरा – १७ का ७५ वर्षीय पुरुष र ४६ र ४० वर्षीया महिला, पोखरा -३ का ५७ वर्षीय पुरुष, पोखरा -४ का ३३, ३४ र ३८ वर्षीया महिला र ३७ र ३० वर्षीय पुरुष, पोखरा -५ का ३८ वर्षीया महिला, पोखरा -१२ का २४ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा -२७ का २९ वर्षीया महिला, पोखरा -१५ का २९, ५०, २३ र ३७ वर्षीय पुरुष, पोखरा -६ का ८९ वर्षीय पुरुष, पोखरा -७ का ५०, ४७ र ३७ वर्षीय पुरुष र २० वर्षीया युवती, पोखरा -१८ का ८१ वर्षीय पुरुष, पोखरा -२६ का २८ वर्षीया महिला, पोखरा -१ का ४५ वर्षीय पुरुष, पोखरा -२५ का ६४ वर्षीय पुरुष, पोखरा -१८ का ४३ वर्षीय पुरुष र पोखरा -१० का ५८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्देशनालयको तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं -११ का ३६ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । चितवन मेडिकल कलेजमा उनको कोरोना परीक्षण भएको थियो ।

यस्तै निर्देशनालयद्वारा जारी चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखराका थप ६ जनामा संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नं -२५ निवासी ४३ वर्षीय पुरुष, पोखरा -१७ का १७ वर्षीय किशोर, पोखरा -१४ का ५८ वर्षीय पुरुष, पोखरा -५ का ५२ वर्षीय पुरुष र आर्मी अस्पताल पोखराका २३ र ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

पाँचौं विज्ञप्तिमा पोखरा महानगरका थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।
लाईफ केयर डाईग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -८ मा ६ जना पुरुष र ४ जना महिला , पोखरा -२७ मा २ जना, पोखरा -१७ मा २ जना, पोखरा -१६ मा २ जना, पोखरा -२० मा १ जना, पोखरा – ११ मा ५ जना, पोखरा – ४ मा ४ जना, पोखरा -२ मा १ जना, पोखरा -१४ मा ५ जना, पोखरा -५ मा ४ जना, पोखरा – ३ मा २ जना, पोखरा -६ मा ३ जना, पोखरा – १३ मा २ जना, पोखरा – १ मा १ जना, पोखरा -१८ मा १ जना, पोखरा -२६ मा २ जना, पोखरा -७ मा २ जना, पोखरा -१९ मा १ जना, पोकाहर -१० मा १ जना, र वडा नखुलेको २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै छैठौ विज्ञप्ति अनुसार पोखरामा १ जना सक्रमित थपिएका छन् । बिपी कोईराला स्मृती क्यान्सर अस्पतालमा गरिएको परीक्षणमा पोखराका वडा नखुलेको ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै सातौँ विज्ञप्तिमा पोखराका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाको -१०, ५, १८, २, ११, ३, १५, ९, ८, २६, ६, ४, २५, १२, ३२, १३, ७, १४ र २ नं वडाका विभिन्न उमेर समुहका महिला पुरुषमा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबारको आठौँ तथा अन्तिम विज्ञप्ति अनुसार महानगरमा थप २८ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा -१, ५, ७, १४, १५, १७, २०, २२, २४ र २६ नम्वर वडाका विभिन्न उमेर समुहका महिला पुरुष गरी २८ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा प्रदेशभर ९३४ जनाको परीक्षण गरिएकोमा २६९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७५ जना संक्रमणमुक्त भएका छन् भने, ३ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ७३१६ पुगेको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा