कोरोना संक्रमणका कारण पोखरा -९ की महिलाको मृत्यु

कोरोना संक्रमणका कारण पोखरा -९ की महिलाको मृत्यु

death-by-corona

सांकेतिक तस्विर

पोखरा – कोरोना संक्रमणका कारण पोखराकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -९ निवासी ६२ वर्षीया महिला रहेकी छन् ।

गत कार्तिक १३ गते कोरोना पुष्टि भई स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रको आइसियुमा उपचारत महिलाको शनिवार बिहान ८:०० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे ।

कोरोना संक्रमण, न्यूमोनिया र सुगर रोगको समस्या भएकी उक्त महिलाको मृत्युसंगै प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गुमाउने संक्रमितको संख्या २३ पुगेको छ भने, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ