पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योगी/व्यवसायीहरुलाई आफू सुरक्षित रहन तथा सुरक्षाका प्रबन्धसहित व्यवसाय संचालन गर्न आग्रह गरेका छन् ।
आफैलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएलगत्तै अध्यक्ष अधिकारीले बढ्दो संक्रमणले निम्त्याएको जोखिमबाट बच्नु नै अहिलेको पहिलो आवश्यकता भएकोमा जोडसमेत दिएको छ ।
नेपाल रेडक्रम सोसाइटीका महामन्त्री तथा सहोदर दाजु धर्मराज अधिकारीलाई संक्रमण पुष्टिसँगै कन्ट्रयाक्ट टे«सिङमा परेका अध्यक्ष अधिकारीलाई पनि संक्रमणले छोएको हो । अध्यक्ष अधिकारीसहित परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको अवस्था सामान्य छ र घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।
‘जोखिमबारे जानकार हुँदाहुँदै पनि म स्वयं र हाम्रो परिवार संक्रमणमा परेको छ’, अध्यक्ष अधिकारीले भने,‘ मान्छेको जीवनभन्दा ठूलो केही हुँदैन, त्यसैले व्यापार,व्यवसाय गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न तथा आफू सुरक्षित रहन म संघका सदस्य तथा आम व्यवसायीहरुसँग हार्दिक अनुरोध गर्दछु ।’ उनले दशैं भर्खर सकिएको र अर्को ठूलो चाड तिहार आउँदै गरेको सन्दर्भमा उल्लेख गर्दै महामारीको जोखिमलाई नजरअन्दाज नगर्न सर्वसाधारणलाई पनि आग्रह गरे ।
अध्यक्ष अधिकारीले समुदायमा फैलिएको संक्रमण तथा स्वास्थ्यका पूर्वाधारहरु अपुग भएको अवस्थाको गाम्र्भीर्यताप्रति गम्भीर बन्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग अपील गरे । ‘कोरोनाको ओखती बनेको छैन,सामाजिक दूरी कायम गर्नु नागरिकको कर्तव्य हो भने स्वास्थ्यका पूर्वाधारको जोहो र पीसीआर परीक्षणको दायरा बढाउनु सरकारको जिम्मेवारी हो’, उनले भने,‘ सरकार आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्नैपर्छ, नागरिकको ज्यानको सुरक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार अझ सक्रिया होस् भन्ने निजी क्षेत्रको माग हो ।’
उनले लकडाउन र निषेधाज्ञाका कारण थला परेको निजी क्षेत्रका समस्याप्रति गम्भीर बन्दै घोषित राहतका कार्यक्रमहरु तत्काल लागु गर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराए ।
सम्बन्धित खबर
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल
स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
कम विद्यार्थी भएपछि भीरकोटमा विद्यालय संरचना फेरबदल
यो पनि पढौँ
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
रोल्पा जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो, २० जनाको मृत्यु, एक जना मात्रै जीवित
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती