आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै आएका अनेरास्ववियुका विद्यार्थी नेता बिनोद भण्डारीले यसपटक आगलागी पीडित परिवारलाई सहयोग गरेका छन् ।
अनेरास्ववियु कास्किका नेता बिनोद भण्डारीले गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराइरहेका बिरामीलाई आर्थिक सहयोग गरेका हुन् । आगोबाट जलेर आइसियूमा उपचाररत शेरबहादुर गुरुङको ४ जनाको परिवारलाइ ५ हजार ५ सय ५५ रुपैँया सहित फलफूल सहयोग गरेका हुन् । गुरुङ परिवारलाई उपचारमा कठिनाइ भएको कारणले आफ्नो जन्मदिनमा सहयोग गरेको भण्डारीले बताए ।
भण्डारीले अघिल्ला बर्षहरुमा पनि आफ्नो जन्मदिनमा अनाथ बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण, सहारा क्लबका खेलाडीहरुलाई जर्सी बितरण लगायतका कार्य गर्दै आएका छन् ।
रातको समयमा कोठामा ग्याँस चुहावट हुँदा आगलागी भएर शेरबहादुरकी श्रीमती सहित ४ जनाको जिएमसीमा उपचार भैरहेको छ । उनीहरु मजदुरी गरेर खाने परिवार भएका कारण आर्थिक कठिनाई रहेको अनेरास्ववियुको नेता शेखर गौतमले बताए ।
दाह्री ग्याङ पोखराका संस्थापक संयोजक गौतमकै पहलमा यी परिवारको कल्याण भएको थियो । उनीहरुको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको र आफूले उपचारमा सुरुदेखि नै सहयोग गर्दै आएको गौतमले जानकारी दिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो