बाग्लुङ । बजार क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि एक हप्ताका लागि बागलुङ बजार बन्द गर्ने निर्णय गरिएको छ । कोरोना रोकथामका लागि बागलुङ बजार आज मध्यरातदेखि लागू हुने गरी एक हप्ताका लागि बन्द गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडा १, २, ३ र ४ मा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो ।
बैङ्क तथा वित्तिय संस्था पनि बन्द हुने जनाइएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घलेसमेत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयललाई अनुरोध गरेको थियो । खाद्यन्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने सुचारु रहने छन् ।
दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि बिहान ७ देखि ९ बजेसम्मलाई समय तोकिएको प्रजिअ न्यौपानेले जानकारी दिए । यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरमा चल्ने सवारीसाधन भने नियमित सञ्चालन हुनेछन् । ती सवारीसाधनले बजार क्षेत्रमा प्रवेश गरी यात्रु चढाउन र ओराल्न भने पाउने छैनन् ।
सम्बन्धित वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्दको अवधिमा स्थगित गर्ने निर्णय गरिएको छ । औषधि, खाद्यान्न खरिद र अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कन जनसाधारणलाई अनुरोध गरिएको प्रजिअ न्यौपानेले बताए । सरकारी कार्यालय र सार्वजनिक संस्थाले सकभर विद्युतीय माध्यमबाट सेवा दिने र कर्मचारी उपस्थति हुनै पर्ने स्थितिमा भिडभाड नगरी कार्यालय सञ्चालन गरिने भएको छ ।
बैठकले नजिकिएको पर्व तिहारमा खेलिने देउसी भैलोलाई पनि रोक लगाउने निर्णय गरेको छ । बागलुङ बजार क्षेत्रमा सङ्क्रमण बढेकाले समुदायमा फैलनबाट रोक्न नचाहेर पनि बन्दाबन्दी गर्नुपरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उनका अनुसार सदरमुकाममा मात्र अहिले २५ जना सक्रिय सङ्क्रमित छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?