पोखरा – कोरोना संक्रमणका कारण बुधबार पनि पोखरा महानगरका ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । हिजो मंगलबार पनि पोखराका ५ जनाको मृत्यु पुष्टि भएको थियो ।
स्वास्थ्य निर्देशनालयको सातौँ अनुसार विज्ञप्ति अनुसार पोखरा महानगरका ५ सहित ६ जनाको मृत्यु पुष्टि भएको छ । यसपछि पनि स्याङ्जाका पुरुषको पोखरामा मृत्यु भएको पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नं – ३२ का ४२ वर्षीया कोरोना संक्रमित महिलाको मंगलबार राती ११:०० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । महिला गत कार्तिक १६ गते कोरोना पुष्टि भई अस्पताल भर्ना भएकी थिइन् ।
यस्तै, पोखरा महानगरपालिका वडा नं -२६ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान ७:२५ बजे मृत्यु भएको छ ।गत कार्तिक १५ गते कोरोना पुष्टि भई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत पुरुषमा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं -२५ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । गत कार्तिक १५ गते कोरोना पुष्टि भई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत निमोनियाबाट पीडित उनको बुधबार बिहान ७:३५ बजे मृत्यु भएको हो ।
यस्तै, पोखरा -१६ का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मंगलबार राती चरक मेमोरियल अस्पतालमा ११:०० बजे मृत्यु भएको छ । उनी गत कार्तिक १५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
पोखरा महानगरपालिका -१६ का २८ वर्षीय कोरोना संक्रमित युवकको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । गत कार्तिक १६ गते कोरोना पुष्टि भई अस्पताल भर्ना भएका उनको मंगलबार बिहान १०: ४५ बजे मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं -४ का ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गत कार्तिक १३ गते कोरोना पुष्टि भइ चरक मेमोरियल अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बुधबार दिउँसो १२:४५ बजे मृत्यु भएको हो ।
स्याङ्जाका पुरुषको पोखरामा मृत्यु भएको पुष्टि भएको छ । फेदीखोलाका ७५ वर्षीय संक्रमित पुरुषको मंगलबार बेलुकी साढे ६ बजे निधन भएको हो ।
यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस