पोखरा । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा उक्त पद रिक्त छ । रिक्त समानुपातिक सांसदमा स्याङ्जाका मोहनप्रसाद पाण्डेले अवसर पाउने भएका छन् । केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए ।
निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेकोले उनले अवसर पाउने पक्का भएको हो । त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । केसीको गत सोमबार निधन भएको थियो ।
२०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये पाँच जना सांसद बनेका थिए । त्यतिबेला पाण्डेको नाम छैठौं नम्बरमा थियो ।
पाण्डे को हुन् ?
कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए ।
२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेका थिए । २५ मंसिर २०१९ सालमा जन्मेका पाण्डेले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेका छन् ।
केसीको निधन भएका कारण बन्दसूचीमा उनीपछि नाम रहेका पाण्डे सांसद बन्ने पक्का भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार संघीय संसद सचिवालयबाट स्थान रिक्त रहेको औपचारिक जानकारी आएपछि मात्रै प्रक्रिया अगाडि बढ्छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’