पोखरा – विभिन्न प्रलोभनमा पारी पोखराको लेकसाइडमा राखेर जबर्जस्ती बेश्याबृतिमा संग्लग्न गराउन खोज्ने तीनजनालाई कास्की प्रहरीले गएको बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका -४ वगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ, कास्कीको मादी गाउँपालिका वडा नं -१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली र काभ्रे जिल्ला पाँचखाल -४ तामाघाट घर भएका २६ वर्षीय आशिष भुजेल रहेका छन् ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार उनीहरुले दुई जना महिलालाई वैदेशिक रोजगारीको लागि बिदेश पठाइदिने र आवश्यक रकम समेत आफुहरुले नै दिने भन्दै प्रलोभनमा पारेर पोखरा महानगरपालिका -६ लेकसाइड स्थित एक होटलको कोठामा बन्धक बनाएर राखेका थिए ।
घटनाबारे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बन्धक बनाईएका महिलाहरुलाई शारिरीक तथा मानसिक यातना दिएर बेश्याबृतिमा संलग्न गराउने उदेश्यले मोलमोलाई गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउमा परेका उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको र पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा