पोखरा – बिहीबार गण्डकीमा थप १४० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा गण्डकीमा ५२३ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १४० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
संक्रमित हरु प्रदेशका ९ जिल्ला कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत, बाग्लुङ र मुस्ताङका छन् । जसअनुसार, कास्कीमा सबैभन्दा धेरै ७७ जना, तनहुँमा ९ जना, गोरखामा १० जना, लमजुङमा ३ जना, नवलपुरमा २२ जना, स्याङ्गजामा ५ जना, पर्वतमा १ जना, बाग्लुङमा ११ जना र मुस्ताङ जिल्लाका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ । यो संगै, प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १० हजार ६ सय ८८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २०२ संक्रमित कोरोना मुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ५ हजार ९ सय ३८ पुगेको छ ।
बिहीबार पनि कोरोना संक्रमणबाट प्रदेशमा ४ जनाको मृत्यु पुष्टि भएको छ । आज थपिएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३१ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’