पोखरा – बिहीबार गण्डकीमा थप १४० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा गण्डकीमा ५२३ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १४० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
संक्रमित हरु प्रदेशका ९ जिल्ला कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत, बाग्लुङ र मुस्ताङका छन् । जसअनुसार, कास्कीमा सबैभन्दा धेरै ७७ जना, तनहुँमा ९ जना, गोरखामा १० जना, लमजुङमा ३ जना, नवलपुरमा २२ जना, स्याङ्गजामा ५ जना, पर्वतमा १ जना, बाग्लुङमा ११ जना र मुस्ताङ जिल्लाका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ । यो संगै, प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १० हजार ६ सय ८८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २०२ संक्रमित कोरोना मुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ५ हजार ९ सय ३८ पुगेको छ ।
बिहीबार पनि कोरोना संक्रमणबाट प्रदेशमा ४ जनाको मृत्यु पुष्टि भएको छ । आज थपिएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३१ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?