पोखरा – कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको अद्यावधिक विज्ञप्ति अनुसार कास्कीका २ सहित तनहुँका थप एकजना संक्रमितको मृत्यु पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखरा -२७ का ७१ वर्षीय संक्रमितको मृत्यु पुष्टि भएको छ । गत कार्तिक २९ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उक्त पुरुषको शुक्रबार बिहान १:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै, पोखरा -८ का ५४ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको छ । गत कार्तिक २३ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उक्त पुरुषको आज बिहान ३:५० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उता, तनहुँको म्याग्दे गाउँपालिकाका ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ। गत बुधबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उक्त पुरुषको आज बिहान ९:३० बजे उपचारकै क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघिको विज्ञप्तिमा शुक्रबार पोखराका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ । आज थप भएका ७ मृतक संगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३८ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु