पोखरा – शनिबार गण्डकीमा थप १०९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी चारवटा विज्ञप्ति अनुसार प्रदेशका ७३५ जनामा गरिएको परीक्षणमा थप १०९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्ला कास्की, तनहुँ, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका छन् । जस अनुसार, कास्कीमा ५६, तनहुँमा २४, लमजुङमा ५, नवलपुरमा १२, स्याङ्गजामा ४, पर्वतमा २, बाग्लुङमा ४ र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार ९ सय ३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १४० जना कोरोना मुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार २ सय १४ पुगेको छ ।
यस्तै शनिबार पनि गण्डकीमा २ जनाको मृत्यु पुष्टि भएको छ । पुष्टि भएका मृतक पोखरा -१३ का ७९ वर्षीय पुरुष र पर्वत जिल्ला मोदी गाउँपालिका -६ का ६१ वर्षीय पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?