तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हाईस्कुलटारबाट १४ जुवाडे पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तास खेल्दै गरेका रेशम उचै, बिकास राना, एकराज शाही, केसर बहादुर खाण, रेशम सुनार, यम बहादुर मल्ल, खम बहादुर खान, देवन गुरुङ, गोपाल चन्द, बुद्ध सिंह थापा, मनोज खाण ठकुरी, केशर बहादुर शाही, सिद्ध बहादुर बंशी र नर बहादुर आले रहेका छन् ।
शनिबार बेलुकाको समयमा जिल्लाको व्यास नगरपालिका वडा नं १ हाईस्कुलटार स्थितमा रेशम उचैले संचालन गरेको रेष्टुरेण्टबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
तास खेली रहेको गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक सबिता केसीको कमाण्डमा ७ जनाको टोली खटी गई तास, नगद तथा तास खेल्दा प्रयोग गरेका चिजवस्तुहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनिहरु खेलिरहेको स्थानबाटै तास सहित नेपालि नगद रु ७४ हजार ४४५ बरामद भएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै गत शुक्रबार दिउसो अन्दाजी ४ बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ५ ब्राईटचोक स्थितमा दिनेश कुमार श्रेष्ठले संचालन गर्दै आईरहेको सिम्रन खाजा घरबाट ५ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा याम बहादुर गरुङ, दिपक गुरुङ, बुद्दी बहादुर बिक, ढक बहादुर खान, दिनेश कुमार श्रेष्ठ रहेका छन् ।
हार जितको बाजी राखी जुवा तास खेलाई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक जगदिश रेग्मीको कमाण्डमा ५ जनाको खटी गएको टोलीले अबैध रुपमा तास खेलिरहेको उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट १ लाख ३४ हजार ३२० रुपैयाँसहित जुवा तास समेत बरामद गरी उनिहरुलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमति लिई छुट्टा छुट्टै जुवा मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’