पोखरा, १५ फागुन । पोखरा लेखनाथ महानगरपालिका – ३० पावर हाउस चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
तनहुँबाट पोखरा तर्फ आउदै गरेको ना २ ख ३६६९ नं को ट्रकले ठक्कर दिदाँ ३६ बर्षीय जित बहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम घर भई हाल पोखरा लेखनाथ महानगरपालिका ३२ खुदीखोलामा डेरा गरी बस्दै आएका पुन दुर्घटनाबाट सख्त घाइते भएका थिए ।
घाइते पुनको पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा उपचारको क्रममा मंगलबार बिहान करिब १० बजेको समयमा मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले ट्रक चालक तथा लाई ट्रकलाइ नियन्त्रणमा लिएको जनाएको छ ।
तनहुँमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु
तनहुँमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका–१ गल्फुबेशीमा ज्ञान गंगा बोडिङ स्कुलको ग १ क १७१८ नं.को बसले ठक्कर दिदाँ पैदलयात्री ९५ वर्षीय विष्णुमाया पन्थको मृत्यु भएको हो ।
मंगलबार दिउसो करिब ४ बजेको समयमा गल्फुबेशीमा विद्यार्थी छोड्दै भादगाउँ तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा पन्थकोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?