गण्डक न्युज पोखरा, १६ फागुन / पोखराको फिर्के खोलामै भवन ठडाएको सोपाल तमु समाजले भासिएको आफ्नो भवन जोगाउन आधा भागबाटै पिल्लर ठडाउने कार्य सुरु गरिसकेको थियो । यसलाई तु बन्द गर्न यहाँका संरक्षणकर्मीले अख्तियारमा ध्यानाकर्षण गराएपछि महानगरले काम अघि नबढाउन निर्देशन दिएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाले खोला अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्नेमा उल्टै फिर्केखोला संरक्षणका लागि भन्दै विनियोजित रकम तमु समाजले खोला मास्दै भवन जोगाउने कार्यमा खर्च गरेको भन्दै सर्वत्र निन्दा भयो । बारम्बार ध्यानाकर्षण गराउँदा गम्भिर नबनेको महानगर अख्तियारमै पुगेपछि बल्ल एक्शनमा उत्रेको हो ।
खोला संरक्षणको नाममा उल्टै अतिक्रमण गरेको भन्दै राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष समेत रहेका नागरिक अभियन्ता रामबहादुर पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा मौखिक उजुरी दिएका थिए । सोहि उजुरीपछि अख्तियार क्षेत्रीय कार्यालय पोखराको ध्यानाकर्षण भएको थियो ।

पौडेलले सामाजिक सञ्जालबाटै खुलासा गरेका छन्ः ‘सोंपाल तमु समाजले नयाँ संरचना निर्माण गरिरहँदा स्थानीयको विरोधलाई महानगरपालिकाले सुनुवाइ नगरेका कारण हामी अख्तियार कार्यालय पोखरामा उजुरीका लागि जान बाध्य भयौं । उक्त उजुरी पश्चात् महानगर प्रमुखले उक्त अवैध निर्माण कार्य रोक्का गर्न दिएको आदेशको हामी स्वागत गर्दछौं ।’
पौडेलले अख्तियार जानु अघि नै सो काम महानगरबाट भएको भए राम्रो सन्देश प्रवाह हुने बताएका छन् । उनले फेसबुक स्टाटस लेखेका छन्ः ‘नागरिकका जायज आवाजलाई समयमै सम्बोधन गर्न सकेको भए मेयर सा’बको उचाइ बढ्ने नै थियो । यो वा त्यो बहानामा पोखराका सम्पदाको विनाश हुने काम भएमा हाम्रा आवाजहरु बुलन्द हुनेछन् ।’
फिर्के खोला मासेर भवन ठड्याउने भनेर विवादमा आईरहने सोपाल तमु समाजले पक्कि पिल्लर नै हालेर भवन संरक्षणमा जुटेको थियो । पोखरा लेखनाथ महानगरपालिकाले छुट्टाएको बजेट नै त्यसमा दुरुपयोग भएको पौडेलले सार्वजनिक गरेका थिए । फिर्के खोलाको संरक्षणमा महानगरपालिकाले आठ लाख बढी बजेट छुट्याएको छ ।

फिर्के बुलौदी सफाई अभियान नै सम्पन्न गरेका पौडेल पोखराका सार्वजनिक सम्पदामा चासो जनाउँदै गलत हुनबाट रोक्न खबरदारी गर्दै आईरहेका छन् ।

?????
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै