पोखरा – गएको सोमबार प्याराग्लाईडिङ दुर्घटनामा परी गम्भीर घाइते भएकी काठमाण्डौकी २८ वर्षीया शिला श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको फिस्टेल प्याराग्लाईडिङले जानकारी दिएको छ ।
हात खुट्टा र ढाडमा चोट लागेर गम्भीर घाइते श्रेष्ठको काठमाण्डौस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकोमा बुधबार मात्रै ढाडको सफल अपरेशन सम्पन्न भएको फिस्टेल प्याराग्लाईडिङ तर्फका प्रतिनिधी तथा प्यारा पाइलट प्रकाश श्रेष्ठले गण्डक न्युजलाई जानकारी दिए ।
श्रेष्ठले भने – “अहिले दोहोरो कुराकानी गर्न सक्नुहुन्छ, हिजो मात्र ढाडको सफल अपरेशन सम्पन्न भएको छ, यद्यपी अझैपनि हात र खुट्टाको उपचार भइरहेको छ, जे होस् अब खतरामुक्त हुनुहुन्छ ।”
गत सोमबार दिउँसो अन्दाजी १ बजे पोखरा महानगरपालिका वडा नम्वर – १८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा -६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको थियो ।
दुर्घटनामा प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हेलिकप्टर मार्फत सोमबार नै काठमान्डौ लगिएको थियो ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते