पोखरामा आफ्नै बाबुले १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ

पोखरामा आफ्नै बाबुले १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ

rape

पोखरा – आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका ठेगाना भएका ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई विगत केही वर्षदेखि अनेकौं बहाना बनाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार ती व्यक्तिले पछिल्लो पटक गत मंसिर ६ गते शनिबार पोखराकै एक होटलमा छोरीलाई लगेर अश्लील फोटो तथा भिडियो देखाएर जबर्जस्ती गरेका थिए ।

पीडित छोरी र परिवारका सदस्यको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ती पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप अनुमती लिई हाडनाता करणी कसूर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रवक्ता हमालले जानकारी दिए ।

नोट :पीडितको गोपनियताका लागि पीडकको पहिचान खुलाइएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ