देशभर प्रदेश २ बाहेक सबै ६ प्रदेशमा नेकपाको नेतृत्व छ । प्रदेशका नेतृत्वकर्ताहरु पार्टीका प्रभावकारी नेता नै हुन् । मूख्यमन्त्रीहरु पार्टी प्रदेशको इञ्चार्जसमेत छन् । पार्टी विवादको भूमरीमा छ । त्यसैकारण प्रदेश हाँक्ने मूख्यमन्त्रीहरु पनि प्रदेशमा आफ्नो कुर्सीको जिम्मेवारी निभाउनु कि ? प्रधानमन्त्री र अध्यक्षको कुर्सी जोगाउन लागि पर्नु ? प्रधानमन्त्री केपी ओली समूहका गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीहरुका ध्यान प्रदेश भन्दा बढी पार्टी र केपी ओलीप्रति छ ।
नेकपा र नेकपा नेतृत्वको सरकारप्रति जनताको वितृष्णा बढ्दो छ ।गण्डकी प्रदेशमा पनि जनता सरकारसँग दिक्क छन् । कोभिड विरुद्ध सरकारको प्रभावकारी कदम नै छैन । सरकारी अस्पतालको अवस्था नाजुक छ । भनसुन र पहुँच बिना सर्वसाधारणले बेड नपाउने गुनासो छ । निजीले मोटो गाँठ नआउने देखेमा भर्ना नै गरिदिन्न भन्ने दुखेसो छ । कोरोना प्रभाव बढेसँगै उपचार नपाएर बिरामीको ज्यान गएका खबर एकपछि अर्को आएका छन् । सरकारले निजी अस्पतालसँग समन्वय समेत गर्न सकेको छैन । सबै कुरा भेला, बैठक र कागजमा मात्र सीमित छन्, फिल्डमा हेर्दा तयारी शून्य ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना नियन्त्रण र रोकथाममा सरकारले सक्दो प्रयास गरिरहेको बताउँदै आएका छन् । धनमायाको ज्यान निजी हस्पिटल खोज्नतिर लागेर गएको भन्दै तुष पोख्छन्, अन्तर्वार्ता दिन्छन् । तर, सरकारी हस्पिटलले राति भएपछि एक्सरे समेत गरिदिन्न । सर्वसाधारणलाई बेड छैन भन्छ । लेखनाथमा सरुवा रोग हस्पिटलमा चार खुट्टे बेड मात्रै छ भन्छन् नागरिक ।
प्रतिपक्षी केन्द्रमा त कुम्भकर्ण निन्द्रामा छ । प्रदेशमा पनि प्रतिपक्षीको भूमिका कमजोर छ । तर, मूख्यमन्त्रीलाई ध्यानाकर्षण त गराउनुपर्ने भयो भनेर काँग्रेस गण्डकी टोली मूख्यमन्त्री कार्यालयमै पुग्यो । त्यहाँ आफ्ना गुनासो भन्दा मूख्यमन्त्रीले बढी गुनासो गरेको उनीहरुले प्रतिक्रिया दिए ।
मूख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय र मातहतको स्वास्थ्य निर्देशनालयले नेतृत्व दिन नसकेकाले परिणाम नदेखिएको स्वीकार गरे । ‘हुन पनि निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्मा मूख्यमन्त्रीकै कुरा खाँदैनन् । पहुँचका भरमा पोखरामा छन् । काम केही छैन, फोन समेत उठ्दैन, प्रदेश सरकारको निर्णय कार्यान्वयनमा समेत ध्यान छैन । उनलाई माथिबाटै आशिर्वाद मिलेको छ । जागिर यसै पाकेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ मातहत छ, प्रदेशतर्फ जिम्मेवार नै छैन । मूख्यमन्त्रीले चाहेर मात्रै केही हुने छाँट नै छैन ।’ पोखरामा बजार हल्ला यही छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुख्यमन्त्री गुरुङले भने, ‘हाम्रो सामाजिक विकास मन्त्रालयले कमान्ड गर्न सकेन, स्वास्थ्य निर्देशनालयले पनि नेतृत्व दिन सकेन । समयमै जिल्ला अस्पतालहरुमा आइसियु सञ्चालनमा ल्याउन सकेको भए पोखराका बेड भरिँदा त्यति पठाउन सकिन्थ्यो । पहिलो त खरिद नै ढिलो भयो । अहिले फेरि सामान छुट भएको भन्दै जडान प्रक्रिया अड्किएको छ ।’
काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गुनासो बोकेर गएको कांग्रेस संसदीय दलको टोली उल्टै मुख्यमन्त्रीको गुनासो सुनेर फर्केकोे बताए । ‘कोरोना नियन्त्रणमा सरकारको ध्यान नपुगेको गुनासो गर्न आएका थियौं, मुख्यमन्त्रीज्यू आफैले हामीले भन्दा बढी गुनासो पो पोख्नुभयो ।’ उनले भने ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो