पोखरा – कास्कीमा कारवाहीमा परेका सवारी चालकले अब बैंक मार्फत पनि जरिवाना भुक्तानी गर्न सक्ने भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र ग्लोबल आईएमई बैङक न्युरोड शाखाको संयुक्त पहलमा स्थापना भएको एक्सटेन्सन काउन्टरको आज एक कार्यक्रममा बीच उद्घाटन भई विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो । काउन्टर सञ्चालनमा आएसंगै कास्की जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकले दाखिला गरेको जरिवाना रकम बैँकिङ् प्रणाली मार्फत सिधै राजस्वमा पुग्ने भएको छ ।
कारवाहिमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको उक्त काउन्टरमा गई राजस्व दाखिला गराउनु पर्नेछ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठ , गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र ग्लोबल आईएमई बैंक न्युरोड शाखाका प्रमुखले उक्त काउन्टरको सयुंक्तरुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठले ट्राफिक प्रहरी पारर्दशिता एवं सुशासनको पक्षमा थप एक कदम माथी उठेको बताउदै यस्ता पहलहरुले आमनागरिकमा प्रहरीप्रतिको विश्वसनियतामा वृद्धि हुने बताउनुभयो ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु