पोखरा – शनिबार पोखराका १०० सहित गण्डकीमा थप १७८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी चारवटा विज्ञप्ति अनुसार गण्डकीका थप १७८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअनुसार कास्कीको पोखरा महानगरमा १०० जना, तनहुँमा २१ जना, गोरखामा १३ जना, लमजुङमा २३ जना, नवलपुरमा ९ जना, स्याङ्गजामा ३ जना, पर्वतमा २ जना, बाग्लुङमा ४ जना, म्याग्दी १ जना र मुस्ताङ जिल्लाका थप २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ८ सय ६२ पुगेको छ ।
शनिबार पनि गण्डकीमा कोरोना संक्रमणका कारण थप चारजनाको मृत्यु पुष्टि भएको छ ।
आज मृत्यु भएका संक्रमित पोखरा महानगरपालिका वडा नं -१५ निवासी ५२ वर्षीय पुरुष, पोखरा -१० का ६९ वर्षीय वृद्ध, तनहुँ रिसिङ गाउँपालिका -८ निवासी ७८ वर्षीया वृद्धा र लमजुङ मध्यनेपाल नगरपालिका -६ निवासी ८५ वर्षीय वृद्ध रहेका छन् । उनीहरु सबैको पोखरा विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५२ पुगेको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।





सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?