कास्कीको मादी, अन्नपूर्ण र रुपा गाउँपालिमा सोमबार अस्पताल भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारको देशका ३९६ स्थानीय तहमा अस्पताल बनाउने योजना अनुसार ती पालिकाले आ-आफ्नो क्षेत्रमा अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन् ।
रुपा गाउँपालिकाले १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरेको छ । वडा नं ६ मा निर्माण गरिने अस्पतालको गाउँपालिका अध्यक्ष नवराज ओझाले शिलान्यास गरेका हुन् ।
हाल पाँच शैयाको सेवासहित सञ्चालित उक्त अस्पतालमा एक जना डाक्टर, ल्याब, भिडियो एक्सरे सेवा प्रबाह हुँदै आइरहेकामा श्यया विस्तारपछि थप जनशक्ति सहित स्वास्थय सुविधा प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिए ।
यसैगरी, अन्नपूर्ण गाउँपालिकाले वडा नं २ को ढिकुरपोखरीस्थित नागडाँडा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न गरी १५ श्ययाको सुविधासम्पन्न अस्पताल बनाउने भएको छ । गाउँपालिका अध्यक्ष युवराज कुँबरले अस्पताल भवनको शिलान्यास गरे । १४ करोड २० लाख लागतमा तीन तलाको आरसिसि भवनमा अस्पताल सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

यसैगरी, मादी गाउँपालिकामा पनि १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरिएको छ । मादी–७ को तल्लो छाचोक(खन्टारी)मा १० रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने अस्पतालको प्रतिनिधिसभाका सांसद एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले शिलान्यास गरेका हुन् ।
अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट तीन करोड २३ लाख बजेटको अख्तियारी गाउँपालिकालाई आइसकेको र बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने सो अस्पतालका लागि रु १८ करोड ३२ लाख बजेट तय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षको पनि शिलान्यास गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरेका हुन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ