कास्की – बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा कास्की प्रहरीले एक फ्रेन्च नागरिकलाई पक्राउ गरेको छ
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -६ खहरे लेकसाइड बस्दै आएका फ्रेन्च नागरिक राहदानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय क्रिष्चियन सर्ज हेनरी नउगारेट रहेका छन् ।
प्रहरीका अनुसार उनले पोखरा -१७ बिरौटा पावरहाउस फुस्रेखोलास्थित बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी तीनजना बालकलाई बाल यौन शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कास्की प्रहरीको सहयोगमा पक्राउ गरेको हो । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ ।
बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग/शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
हाल प्रहरी नियन्त्रमा रहेका उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ । साथै पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको ब्यूरोले जनाएको छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते