कास्की – बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा कास्की प्रहरीले एक फ्रेन्च नागरिकलाई पक्राउ गरेको छ
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -६ खहरे लेकसाइड बस्दै आएका फ्रेन्च नागरिक राहदानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय क्रिष्चियन सर्ज हेनरी नउगारेट रहेका छन् ।
प्रहरीका अनुसार उनले पोखरा -१७ बिरौटा पावरहाउस फुस्रेखोलास्थित बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी तीनजना बालकलाई बाल यौन शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कास्की प्रहरीको सहयोगमा पक्राउ गरेको हो । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ ।
बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग/शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
हाल प्रहरी नियन्त्रमा रहेका उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ । साथै पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको ब्यूरोले जनाएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा