थकाली सेवा समाज पोखराका कार्यसमिती सदस्य तथा होटल ब्यवसायी सुर्यबहादुर तुलाचनको निधन भएको चौथो दिनको पुण्यतिथिमा क्षेत्रीय थकाली सेवा समाज पोखराले बुधबार समाजको नदिपुर स्थित थकालि सेवा समाजघरमा एक श्रद्धाञ्जली सभा गरेको छ ।
श्रद्धाञ्जली सभामा थकाली सेवा समाज पोखराका अध्यक्ष शिवशंकर गौचन, सचिव रुजिन्द्र तुलाचन, समितिका सल्लाकार पुर्णप्रसाद तुलाचनतथा कार्यसमितिका सदस्य र तुलाचन परिवारका नातागोताले स्वर्गीय स्वर्गीय तुलाचनको तस्विरमा फुलमाला र खादा चढाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गरे ।
श्रद्धाञ्जली सभामा बोल्दै थकाली सेवा समिती पोखराका क्षेत्रीय अध्यक्ष शिवशंकर गौचनले स्वर्गिय सुर्यबहादुर तुलाचनको निधनले सस्थालाई अपुरणिय क्षति पुगेको बताए । उनले स्व. तुलाचन एक कर्तब्यनिष्ट मिलनसार, इमान्दार र होनाहार सदस्य रहेको उल्लेख गर्दै अध्यक्ष गौचनले उहाको अभावले सस्था र थकाली समुदायलाई स्तब्ध बनाएको जनाए । संस्थाका सचिव रुजिन्द्र गौचनले समितिका ईमान्दार र जुझारु ब्यती सुर्य बहादुर तुलाचनको योगदानको चर्चा गरे । उनले संस्था र समाजको कामकाजमा निरन्तर खटिने तुलाचन हाम्रालाई पथप्रदशक भएको र तुलाचनको स्मरण पछिसम्म रहने बताए ।
यस्तै, थकाली सेवा समाजका सल्लाहाकार पुर्णप्रसाद तुलाचनले स्वर्गिय तुलाचनको पृष्टभूमि र योगदानको चर्चा गरे । उनले स्व. तुलाचन परिवारलाई चार देवताले रक्षा गरोस भनी सान्त्वना प्रकट गरे ।
यसअघि, स्वर्गिय तुलाचनको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । थकाली सेवा समाजले स्व तुलाचनको निधनमा शोक प्रस्ताब समेत पारित गरेको जनाएको छ । थकाली सेवा समितिका सदस्य स्व. तुलाचन पोखरा महेन्द्रपुलका होटल ब्यवसायी हुन । उनी पृथ्वी होट्ल व्यवसायी समितिका उपाध्यक्ष, तुलाचन बर्गका केन्दिय सचिवको जिम्मेवारी निभाएका थिए । ३ साता अघि निमोनिया रोगले थला परेका उनको गत आईतबार उपचारका क्रममा काठमान्डौमा निधन भएको थकाली सेवा समिति पोखराले जनाएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो