तनहुँ । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने चेतनावनी दिएका छन् । तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दिउँसो नियन्त्रणमा लिएको छ ।
वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएको थापाको भनाइ छ । उनले फेसबुकमा लेखेका छन्, यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।
प्रधानमन्त्रीलाई मेनसन गर्दै थापाले यो तपाईँका लागि निकै महँगो पर्नेछ भनेका छन् । यस्तै नेता नैनसिंह महरले पौडेलमाथि गरिएको दुव्र्यवहार खेदजनक भएको बताए । पौडेललाई नेकपाका कार्यकर्ता र नेकपा पुलिस प्रशासनले अबरोध गरेर हिरासतमा लगिएको नेता महरको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो । तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो