तनहुँ । तनहुँको व्यास-८ स्थित रिस्ती खोला सडक पुलको गण्डकी प्रदेशका प्रदेश सभा सदस्य रामबहादुरले उद्घाटन गरेका छन ।
तनहुँको व्यास-८ बाहुनपोखरा र लमजुङको मध्यनेपाल-१ बगुवा जोड्ने मोटरेबल पुलको शुक्रबार शिलान्यास गरिएको हो ।
रिस्ती बाराहा शान्ति मार्ग अन्तरगत उक्त पुल निर्माण हुन लागेको हो ।
पुर्वाधार विकास कार्यालय तनहुँको आयोजनामा शुक्रबार गुरुङले पुलको शिलान्यास गरेका हुन ।
जिल्लामा विकास निर्माणका थुप्रै काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले बताए ।
पुल शिलान्यास गर्दै सांसद गुरुङले भने ‘विधि र विधान अनुसार काम अगाडि बढाउनुपर्छ ।’
विकास निर्माण पार्टीगत विवाद नगरी एकजुट हुन जरुरी भएको सांसद गुरुङले बताए । पुर्वाधारको विकास गरे विदेश जाने प्रवृत्तिमा कमी आउने गुरुङ बताउँछन ।
उक्त पुल ४ करोड ४७ लाख २९ हजार ५३६ रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । २०७८ को असार २३ गते पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
उक्त पुलको सम्झौता २०७६ पौष २३ गते भएको हो । पुलको लम्बाई ५२ मिटर रहेको छ ।
राजनैतिक पार्टी संयम हुन जरुरी रहेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले बताए । सिमा भित्र बसेर कानुन सबैले मान्नुपर्ने श्रेष्ठले बताए ।
सो कार्यक्रममा जनताको अभिमतलाई सम्मान गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी व्यासनगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले बताए ।
उनले भने ‘विकासमा कसैले पनि राजनीति गर्नुहुदैन ।’ सत्य र तथ्य नलुकाउन नहुने अध्यक्ष कार्कीले बताए ।
‘विधि स्थापित गर्न जननिर्वाचित प्रतिनिधिलाई सम्मान गर्नुपर्छ ।’ अध्यक्ष कार्कीले भने ‘विकास निर्माणमा एकजुट हुनुपर्छ ।’
बाहुनपोखरा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँ समेत हो । यतिका वर्षसम्म पनि सडक, पुल संगै अन्य विकासका काम नहुँदा पौडेलप्रति स्थानीयको आक्रोस रहने गरेको देखिन्छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ