काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छन्। आयोजक संस्था हिडेन ट्रेजरले नेपाल शनिवार काठमाडौंको पार्क भिलेज होटलमा आयोजना गरेको ग्रान्ड फिनालेमा उपाधि विजेता घोषणा गरिएको हो।
उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी श्रेष्ठ पेशाले किन्डर गार्डेनकी शिक्षिका समेत हुन्। अन्तिम राउन्डका ६ प्रतिस्पर्धालाई यस्तो प्रश्न गरिएको थियो ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ?’
सो प्रश्नमा नम्रताले आफ्नो आमालाई सम्झँदै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै उनले त्यसकै आधारमा संसारलाई जिन्त सकिने बताएकी थिइन्।
यसैगरी यो बर्षको मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियाले पाएकी छन भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरेकी छन्।
त्यस्तै,मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। गत अप्रिलमा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण लकडाउन भएपछि रोकिएको थियो। सरकारको मापदण्डअनुरूप सुरक्षाविधि अपनाएर आयोजक संस्थाले प्रतियोगिता सम्पन्न गरेको छ।
यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए, जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए।
उनीहरुमध्ये अन्तिममा एक जनालाई विजेता घोषणा गरिएको हो। यो मिस नेपालको २६ औं संस्करण हो। यस पटकको प्रतियोगिताका लागि काठमाडौंबाहिर पोखरा, चितवन र भैरहवासहित आठ सहरमा अडिसन लिइएको थियो।
यो वर्षकी विजेताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ