गण्डक न्युज पाेखरा, १८ फागुन / पोखरामा शुक्रबार दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
प्याराग्लाइडिङ अवतरण गर्ने स्थान खपौंदीमा भएको साे दुर्घटनामा प्यारा पाइलट र एक जापानी पर्यटक घाइते भएका छन् ।
घाईते दुवै खतरामुक्त रहेकाे कास्की प्रहरीले जनाएकाे छ । जापानी नागरिक सामान्य उपचार पछि डिस्चार्ज भैसकेका छन् भने अर्का घाईते पाइलटकाे ढाडमा चोट लागेको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पाेखरामा पटक पटक प्याराग्लाइडिङ दुर्घटना हुने गरेकाे छ । प्याराग्लाईडिङ उडानका लागि विश्वकै उत्कृष्ट गन्तब्य उन्मुख पोखरामा समय समयमा यस्तो घटना भईरहेका छन् ।
यसअघि, यही फागुन २ गते भारतीय प्याराग्लाइडरकाे ज्यान गएकाे थियाे ।
गत असारमा पोखरा लेखनाथ ३३ घर भएका प्रभात सुवेदीको ज्यान गएको थियो । त्यसअघि, अघिल्लो वर्ष माघको दोस्रो साता बेलायती नागरिक मिचेल पिटर र २०७३ मै कार्तिक दोस्रो साता स्याङ्जा स्वरेकमा लेकसाईडका शैलेष पहारीको निधन भएको थियो ।
गत वर्ष पुसमा स्याङ्जा कालिकाकोटमा सुडानी नागरिक टन सोडन ग्रीन भीरमा अड्किँदा गम्भिर घाईते हुन पुगेका थिए । गत असोजमा फेवातालमा खसेका पाँचजना यात्रु र छ जना प्याराग्लाईडिङ पाइलटलाई उद्धार गरिएको थियो ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै