गण्डक न्युज पाेखरा, १८ फागुन / पोखरामा शुक्रबार दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
प्याराग्लाइडिङ अवतरण गर्ने स्थान खपौंदीमा भएको साे दुर्घटनामा प्यारा पाइलट र एक जापानी पर्यटक घाइते भएका छन् ।
घाईते दुवै खतरामुक्त रहेकाे कास्की प्रहरीले जनाएकाे छ । जापानी नागरिक सामान्य उपचार पछि डिस्चार्ज भैसकेका छन् भने अर्का घाईते पाइलटकाे ढाडमा चोट लागेको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पाेखरामा पटक पटक प्याराग्लाइडिङ दुर्घटना हुने गरेकाे छ । प्याराग्लाईडिङ उडानका लागि विश्वकै उत्कृष्ट गन्तब्य उन्मुख पोखरामा समय समयमा यस्तो घटना भईरहेका छन् ।
यसअघि, यही फागुन २ गते भारतीय प्याराग्लाइडरकाे ज्यान गएकाे थियाे ।
गत असारमा पोखरा लेखनाथ ३३ घर भएका प्रभात सुवेदीको ज्यान गएको थियो । त्यसअघि, अघिल्लो वर्ष माघको दोस्रो साता बेलायती नागरिक मिचेल पिटर र २०७३ मै कार्तिक दोस्रो साता स्याङ्जा स्वरेकमा लेकसाईडका शैलेष पहारीको निधन भएको थियो ।
गत वर्ष पुसमा स्याङ्जा कालिकाकोटमा सुडानी नागरिक टन सोडन ग्रीन भीरमा अड्किँदा गम्भिर घाईते हुन पुगेका थिए । गत असोजमा फेवातालमा खसेका पाँचजना यात्रु र छ जना प्याराग्लाईडिङ पाइलटलाई उद्धार गरिएको थियो ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?