पोखरा – बुधबार कास्कीका ६९ सहित गण्डकीमा थप ९६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ४६४ जनामा गरिएको परीक्षण मध्ये थप ९६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ६९, तनहुँमा ५, गोरखामा १, लमजुङमा ८, नवलपुरमा ९, स्याङ्गजामा २ र म्याग्दी जिल्लाका २ जनाको रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ९ सय ७६ पुगेको छ ।
जसमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ३९ छ भने, होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार १ सय ८२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ५३ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ५ सय ६१ पुगेको छ ।
बुधबार पनि गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका ४ जना पोखरा महानगरपालिकाका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको निर्देशनालयले जनाएको छ ।
गण्डकीका विभिन्न अस्पतालमा आइसीयु र भेन्टिलेटरको अवस्था

विस्तृतमा हेर्नुहोस् !


सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते