बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन ।
यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो । थोरैमात्र नेपालीले यो तरबार प्राप्त गर्न सकेका छन् । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो ।
हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लेफ्टिनेन्टको फूली लगाएपछि बेलायतको स्याण्डहस्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ ।
पहिलोपल्ट बेलायती सेनाको स्वर्ड जित्न सफल भएका अधिकृत पिटर थापा धादिङ जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३, तल्लो पोखराका हुन् । उनी दुई बर्ष अघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए।
समारोहको फेसबुकमार्फत लाइभ भएको थियो । लामो समयदेखि टाढा भएका छोरो सर्वोत्कृष्ट बन्दै मोबाइलको स्क्रिनमा देखिँदा हर्षको आँशु आएको बुबा रण थापा (शम्भु) र आमा प्रमिला थापा बताउँछन् ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्ः
https://www.facebook.com/RoyalMilitaryAcademySandhurst/videos/1314094822301198



सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा