गण्डक न्युज, पोखरा २० फागुन / दोस्रो संस्करणको हस्पिटालिटी कन्टेस्टको ग्राण्ड फिनाले आज आइतबार होटल पोखरा ग्राण्डमा हुँदैछ । साँझ ५ बजेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था एपी ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।
मुख्य निर्णाइकमा वरिष्ठ पाइलट तथा अग्रज कलाकार विजय लामा रहनेछन् । उनले अघिल्लो दिन प्रिजजमेन्ट कार्यक्रममा पनि सहभागिता जनाए । प्रतियोगितामा विजेताले डेढ लाख रुपैंया बराबरको विदेश भ्रमण सहितको नगद र गिफ्ट प्राप्त गर्नेछन् । विजेताले २५ हजार नगद सहित युएई भ्रमणको अवसर प्राप्त गर्नेछ । फस्ट रनरअप र सेकेण्ड रनरअपले सिक्किम भ्रमणको मौका पाउँदा सबैको फाइभ स्टार होटलमा जागिरको सुनिश्चितता गरिएको आयोजकले जनाएको छ ।

पोखरा सहित बुटवल र काठमाण्डौ अडिसनबाट २७ जना प्रतियोगी छनौट गरी उनीहरुलाई विभिन्न प्रशिक्षणमूलक कार्यक्रममा सहभागी गराइएको छ ।
पोखरामा भएको पहिलो अडिसनमा २८ जनाबाट २४ जना छानिएको थियो । बुटवलमा भएको दोस्रो अडिसनबाट ६ जना छनौट भए । काठमाण्डौबाट एक जना छानिए । र अन्तिम अडिसनबाट कूल २७ प्रतिष्पर्धी प्रतिष्पर्धाका लागि योग्य बनेका हुन् ।
पर्यटकीय गाउँ ल्वाङ होम स्टे
प्रतियोगीलाई पर्यटकीय गाउँ ल्वाङ समेत लगिएको थियो ।

त्यहाँको होम स्टे, ग्रामिण शैलीमा पाहुनाको स्वागत, त्यहाँका खानपिन, परिकार, आवास सुविधा सम्बन्धमा जानकारी हेतु विषय सुहाउँदो पनि भएकाले यस किसिमको भ्रमण गराईएको पाण्डेले बताए ।
टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ
यस्तै, प्रतिष्पर्धीलाई टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ प्रदान गरिएको छ । लेकसाइड स्थित क्राउन हिमालयनमा प्रशिक्षक विकास गुरुङले सहजीकरण गरे ।

प्रतिष्पर्धीहरुलाई आवश्यक पर्ने सबै किसिमका प्रशिक्षण दिइएको आयोजक कम्पनीका निर्देशक उज्ज्वल बस्नेतले बताए ।
बारिष्टा ट्रेनिङ पनि
प्रतिस्पर्धीहरुलाई बारिष्टा क्लास प्रदान गरिएको छ । न्युरोड स्थित कफि कल्चरमा प्रतिस्पर्धीहरुलाई कफि बनाउने तरिका सिकाइएको थियो ।

कन्टेस्टको १४ गते नेपाल टुरिजम बोर्डको हलमा ट्यालेन्ट राउण्ड रहेको थियो ।

फोटो तथा भिडियोसुट
विभिन्न थिम अनुसार फोटो, भिडियो सुट पनि गरियो । यस्तै, सांग्रिला होटलमा टिभीसी खिचिएको आयोजक कम्पनीका मेनेजिङ डिरेक्टर अर्जुन पाण्डेले जनाए ।

एसटु प्रडक्शनले फोटोग्राफी भिडियोग्राफी पार्टनरका रुपमा काम गरेको हो ।

हिमाज् एजुकेशन कन्सल्टेसीको प्रस्तुतिमा एपी इन्टरटेन्मेन्टले आयोजना गरेको कन्टेस्टको मुख्य प्रायोजकमा लालि तयारी चाउचाउ रहेको छ । अनलाइन मिडिया पार्टनर गण्डक न्युज रहेको छ ।
सम्बन्धित खबर
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न