गण्डक न्युज, पोखरा २० फागुन / दोस्रो संस्करणको हस्पिटालिटी कन्टेस्टको ग्राण्ड फिनाले आज आइतबार होटल पोखरा ग्राण्डमा हुँदैछ । साँझ ५ बजेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था एपी ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।
मुख्य निर्णाइकमा वरिष्ठ पाइलट तथा अग्रज कलाकार विजय लामा रहनेछन् । उनले अघिल्लो दिन प्रिजजमेन्ट कार्यक्रममा पनि सहभागिता जनाए । प्रतियोगितामा विजेताले डेढ लाख रुपैंया बराबरको विदेश भ्रमण सहितको नगद र गिफ्ट प्राप्त गर्नेछन् । विजेताले २५ हजार नगद सहित युएई भ्रमणको अवसर प्राप्त गर्नेछ । फस्ट रनरअप र सेकेण्ड रनरअपले सिक्किम भ्रमणको मौका पाउँदा सबैको फाइभ स्टार होटलमा जागिरको सुनिश्चितता गरिएको आयोजकले जनाएको छ ।

पोखरा सहित बुटवल र काठमाण्डौ अडिसनबाट २७ जना प्रतियोगी छनौट गरी उनीहरुलाई विभिन्न प्रशिक्षणमूलक कार्यक्रममा सहभागी गराइएको छ ।
पोखरामा भएको पहिलो अडिसनमा २८ जनाबाट २४ जना छानिएको थियो । बुटवलमा भएको दोस्रो अडिसनबाट ६ जना छनौट भए । काठमाण्डौबाट एक जना छानिए । र अन्तिम अडिसनबाट कूल २७ प्रतिष्पर्धी प्रतिष्पर्धाका लागि योग्य बनेका हुन् ।
पर्यटकीय गाउँ ल्वाङ होम स्टे
प्रतियोगीलाई पर्यटकीय गाउँ ल्वाङ समेत लगिएको थियो ।

त्यहाँको होम स्टे, ग्रामिण शैलीमा पाहुनाको स्वागत, त्यहाँका खानपिन, परिकार, आवास सुविधा सम्बन्धमा जानकारी हेतु विषय सुहाउँदो पनि भएकाले यस किसिमको भ्रमण गराईएको पाण्डेले बताए ।
टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ
यस्तै, प्रतिष्पर्धीलाई टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ प्रदान गरिएको छ । लेकसाइड स्थित क्राउन हिमालयनमा प्रशिक्षक विकास गुरुङले सहजीकरण गरे ।

प्रतिष्पर्धीहरुलाई आवश्यक पर्ने सबै किसिमका प्रशिक्षण दिइएको आयोजक कम्पनीका निर्देशक उज्ज्वल बस्नेतले बताए ।
बारिष्टा ट्रेनिङ पनि
प्रतिस्पर्धीहरुलाई बारिष्टा क्लास प्रदान गरिएको छ । न्युरोड स्थित कफि कल्चरमा प्रतिस्पर्धीहरुलाई कफि बनाउने तरिका सिकाइएको थियो ।

कन्टेस्टको १४ गते नेपाल टुरिजम बोर्डको हलमा ट्यालेन्ट राउण्ड रहेको थियो ।

फोटो तथा भिडियोसुट
विभिन्न थिम अनुसार फोटो, भिडियो सुट पनि गरियो । यस्तै, सांग्रिला होटलमा टिभीसी खिचिएको आयोजक कम्पनीका मेनेजिङ डिरेक्टर अर्जुन पाण्डेले जनाए ।

एसटु प्रडक्शनले फोटोग्राफी भिडियोग्राफी पार्टनरका रुपमा काम गरेको हो ।

हिमाज् एजुकेशन कन्सल्टेसीको प्रस्तुतिमा एपी इन्टरटेन्मेन्टले आयोजना गरेको कन्टेस्टको मुख्य प्रायोजकमा लालि तयारी चाउचाउ रहेको छ । अनलाइन मिडिया पार्टनर गण्डक न्युज रहेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?