शनिबार पोखराका ६९ सहित गण्डकीमा थप ११६ जनामा कोरोना पुष्टि, १०२ जना कोरोनामुक्त

शनिबार पोखराका ६९ सहित गण्डकीमा थप ११६ जनामा कोरोना पुष्टि, १०२ जना कोरोनामुक्त

Gandaki covid corona 2

पोखरा – शनिबार पोखराका ६९ सहित गण्डकीमा थप ११६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ३८० जनामा गरिएको परीक्षण मध्ये थप ११६ जनाको रिपोर्ट पोजेटिभ आएको हो  ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअन्तर्गत पोखरा महानगरका सबै भन्दा धेरै अर्थात् ६९ जना, तनहुँमा १८ जना, गोरखामा १ जना, लमजुङमा १८ जना, नवलपुरका २३ जना, स्याङ्गजामा १ जना, पर्वतमा २ जना र बाग्लुङ जिल्लाका १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारि विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार २ सय ५१ पुगेको छ । जसमा सक्रिय संक्रमित ५ हजार ३ सय ५८ छन् भने, होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार १ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १०२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७ हजार ६ सय ९८ पुगेको छ ।

शनिबार पनि गण्डकीमा थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका -१० निवासी ७५ वर्षीय वृद्ध रहेका छन् ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८२ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds