पोखरा – बिहीबार पोखराका ४६ सहित गण्डकीमा थप ८२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ३८८ जनामा गरिको परीक्षण मध्ये थप ८२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका १० जिल्लाका छन् ।जसअनुसार पोखरा महानगरका ४६ जना, तनहुँका ७ जना, गोरखाका २ जना, लमजुङका १० जना, नवलपुरका ७ जना, स्याङ्गजाका ४ जना, पर्वतका १ जना, म्याग्दीका १ जना, मनाङका १ जना र मुस्ताङ जिल्लाका थप ३ जनामा कोरोना पुष्टि भएको छ ।
लामो समय संक्रमित रहीत रहेको मनाङमा बिहीबार पुनः एकजनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार ६ सय ६५ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ६४ रहेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट १४९ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार ९ सय १४ पुगेको छ।
बिहीबार गण्डकीमा थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृतक कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका -३ निवासी ६८ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८७ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’