पोखरा – शुक्रबारदेखि पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याङ्गजामाथि ७ विकेटको जित निकालेको हो । टस जितेर व्याटिङ गरेको स्याङ्गजाले ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको सामान्य योगफल तयार पारेको थियो ।
स्याङ्गजाको तर्फबाट विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे । कास्कीका बलरहरु विश्व कार्की र सुवास भण्डारीले समान तीन तीन विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक एक विकेट लिएका थिए । जितका लागि १ सय २० रनको लक्ष्य लिइ मैदान उत्रिएको कास्कीले २८.४ ओभर खेल्दै मात्र ३ विकेटको क्षतिमा विजयी लक्ष्य पार ग¥यो । कास्कीको तर्फबाट अभिषेक थापाले अभिजित ४३ तथा सुदिप पौडेलले अभिजित २१ रन बनाए । त्यस्तै अर्जुन कुमालले २२ रन जोडेका थिए ।
खेलमा कास्कीका विश्व कार्की प्लेयर अफ द म्याच भए । जितसंगै कास्कीले लिग टेवलमा २ अंक जोडेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा शनिबार तनहुँ र नवलपुरविच प्रतिस्पर्धा हुनेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेश कुमार सिल्वालले पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौंकिक खेल मैदान भएको जनाउँदै यसको स्तरोन्नती गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा १० वटा ठूला क्रिकेट मैदान बन्ने क्रममा रहेको जनाउँदै आउँदो चार पाँच वर्ष भित्र नेपालका सातै प्रदेशमा अन्तराष्ट्रिय क्रिकेट सञ्चालन गर्न सकिने मैदान तयार हुने दावी गरे । गण्डकी प्रदेश सरकारले चासो देखाएको पशुपति घाटको क्रिकेट मैदानको पनि डिपिआर तयार भइसकेको बताउँदै यहाँपनि मैदान तयार पार्दै खेल्दै पनि जानुपर्ने औल्याए ।
आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले पोखरामा क्रिकेट विकासका लागि सधै माछापुच्छे फेवाताल भनेर मात्रै नपुग्ने बताए । उनले क्रिकेट विकासका लागि पहिला पूर्वाधारकै विकास हुनुपर्नेमा जोड दिए । पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा एउटा चेन्जिङ्ग रुम र कार्यालय कोठा समेत नहुँदा संघ तथा खेलाडीहरु मर्कामा परेको बताए । आयोजक संघका सचिव सुमन राज कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा