पोखरा – विष्णु पाण्डेको चौतर्फी प्रदर्शनमा पोखरामा जारी गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा स्याङ्जाले नवलपुरलाई २ विकेटले पराजित गरेको छ । अत्यन्तै रोचक बनेको खेलमा अन्तिम दुई बल बाँकि छँदा स्याङ्जाले जित निकालेको हो । टर जितेर ब्याटिङ्ग गरेको नवलपुरले सामु जितका लागि २ सय १४ को लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा स्याङ्जाका लागि विष्णु पाण्डेले सम्हालिएको पारी खेल्दै १ सय ९ बलमा ७५ रनको महत्वपूर्ण योगफल तयार पारेपछि जितको आधार तयार भएको हो । पाण्डेले ८ चौका प्रहार गरेका थिए ।
४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएको नवलपुरका लागि दुई जना व्याट्स्म्यानले अर्धशतकिय पारी खेलेपनि जितका लागि त्यो प्रयाप्त हुन सकेन । दिपक डुम्र्रेले ५२ तथा सन्देश बस्नेतले ५० रन बनाएका थिए । स्याङ्जाको बलिङ्गमा मिलन लुइटेलले ५ तथा विष्णु पाण्डेले २ विकेट लिए ।
२ सय १४ रनको लक्ष्य पाएको स्याँग्जाले ४९.४ ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । स्याङ्जाका लागि करण पंगेनीले ४१, इश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन जोडेका थिए । नवलपुरका बलरहरु कैलाश पंगेनीले ३ तथा विज्ञान गौतमले २ विकेट लिए । खेलमा स्याङ्जाका विष्णु पाण्डे म्यान अफ द म्याच भए । उनलाई गण्डकी प्रदेश सांसद राजिव पहारीले ट्रफि प्रदान गरेका थिए । मंगलबार कास्की र तनहुँविच प्रतिस्पर्धा हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ