गण्डक न्युज पोखरा, २१ फागुन / स्टार होटल पोखरा ग्राण्डमा भव्य समारोहबीच आइतबार सम्पन्न हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को उपाधि १९ वर्षीया कविता पौडेलले जितेकी छन् । पोखरा बिरौटाकी १९ वर्षीया कविता नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बि.एच.एम. दोश्रो बर्षकी छात्रा हुन् ।
उनले २५ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि सहित नगद २५ हजारका साथमा दुबई भ्रमणको अवसर प्राप्त गरेकी छन् । हस्पिटालिटी सेक्टरमा सेवारत युवा युवती दुवै भाग लिन पाउने सो प्रतियोगितामा २१ वर्षीय विश्वदीप थापाले मोस्ट ट्यालेण्टेड उपाधि सहित फस्र्ट रनरअप बने । पोखरा छोरेपाटनका थापा पोखरा लिंकन कलजेका बिएचएम तेस्रो वर्षका विद्यार्थी हुन् ।
बुटवलकी प्रतिष्पर्धी रुबीरानामगर सेकेण्ड रनरअप बनिन् । १९ वर्षकी उनी वेस्टर्न मेगा कलेज बिएचएम दोस्रो वर्षकी छात्रा हुन् । लेकसाईडका २० वर्षीय उज्वल बहादुर कार्की थर्ड रनरअप बने । उनी पोखरा टेक्नीकल स्कुल (सिटिईभिटी) मा बि.एच.एम. तेश्रो बर्षमा अध्ययनरत छन् ।

भियुअर्स च्वाईस नुर पुन बने । उपविजेताहरुले सिक्किम भ्रमणका साथै बिभिन्न अवसरहरु प्राप्त गर्ने आयोजक आयोजक एपी इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जनाए ।
प्रतियगितामा निर्णायकहरुमा सिनियर क्याप्टेन तथा कलाकार बिजय लामा, अग्रज सञ्चारकर्मी दिनेश डि.सी., एजुकेशनल कन्सलटेन्ट तथा युवा ब्यबसायी राजमान थकाली, पर्यटन व्यवसायी तथा नाटाका अध्यक्ष सन्तोष पोखरेल, माउन्ट अन्नपुर्ण कलेजका प्रिन्सिपल शैलेन्द्रराज श्रेष्ठ, डा. स्निधा मैनाली, बाटिका होटलका अपरेशन म्यानेजर सुधन अधिकारी, एम्स कलेजका प्रिन्सिपल दिपक ढकाल, फोटोग्राफर सुरज श्रेष्ठ रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल टुरिजम बोर्ड, पोखराका प्रमुख सुर्य थपलियाले हस्पिटालिटी क्षेत्रमा सेवा गर्नेहरुबीचको यो प्रतियोगिता सौन्दर्यमा मात्र केन्द्रित नभएको र आफ्नो सेक्टरमा सर्वोत्कृष्ट बनाउनका लागि उपयोगी रहने बताए । प्रतियोगितामा १० युवती र १६ युवाको सहभागिता रहेको थियो । प्रतियोगिताको अनलाइन मिडिया पार्टनरमा गण्डकन्युज डटकम रहेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ