गण्डक न्युज पोखरा, २१ फागुन / स्टार होटल पोखरा ग्राण्डमा भव्य समारोहबीच आइतबार सम्पन्न हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को उपाधि १९ वर्षीया कविता पौडेलले जितेकी छन् । पोखरा बिरौटाकी १९ वर्षीया कविता नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बि.एच.एम. दोश्रो बर्षकी छात्रा हुन् ।
उनले २५ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि सहित नगद २५ हजारका साथमा दुबई भ्रमणको अवसर प्राप्त गरेकी छन् । हस्पिटालिटी सेक्टरमा सेवारत युवा युवती दुवै भाग लिन पाउने सो प्रतियोगितामा २१ वर्षीय विश्वदीप थापाले मोस्ट ट्यालेण्टेड उपाधि सहित फस्र्ट रनरअप बने । पोखरा छोरेपाटनका थापा पोखरा लिंकन कलजेका बिएचएम तेस्रो वर्षका विद्यार्थी हुन् ।
बुटवलकी प्रतिष्पर्धी रुबीरानामगर सेकेण्ड रनरअप बनिन् । १९ वर्षकी उनी वेस्टर्न मेगा कलेज बिएचएम दोस्रो वर्षकी छात्रा हुन् । लेकसाईडका २० वर्षीय उज्वल बहादुर कार्की थर्ड रनरअप बने । उनी पोखरा टेक्नीकल स्कुल (सिटिईभिटी) मा बि.एच.एम. तेश्रो बर्षमा अध्ययनरत छन् ।

भियुअर्स च्वाईस नुर पुन बने । उपविजेताहरुले सिक्किम भ्रमणका साथै बिभिन्न अवसरहरु प्राप्त गर्ने आयोजक आयोजक एपी इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जनाए ।
प्रतियगितामा निर्णायकहरुमा सिनियर क्याप्टेन तथा कलाकार बिजय लामा, अग्रज सञ्चारकर्मी दिनेश डि.सी., एजुकेशनल कन्सलटेन्ट तथा युवा ब्यबसायी राजमान थकाली, पर्यटन व्यवसायी तथा नाटाका अध्यक्ष सन्तोष पोखरेल, माउन्ट अन्नपुर्ण कलेजका प्रिन्सिपल शैलेन्द्रराज श्रेष्ठ, डा. स्निधा मैनाली, बाटिका होटलका अपरेशन म्यानेजर सुधन अधिकारी, एम्स कलेजका प्रिन्सिपल दिपक ढकाल, फोटोग्राफर सुरज श्रेष्ठ रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल टुरिजम बोर्ड, पोखराका प्रमुख सुर्य थपलियाले हस्पिटालिटी क्षेत्रमा सेवा गर्नेहरुबीचको यो प्रतियोगिता सौन्दर्यमा मात्र केन्द्रित नभएको र आफ्नो सेक्टरमा सर्वोत्कृष्ट बनाउनका लागि उपयोगी रहने बताए । प्रतियोगितामा १० युवती र १६ युवाको सहभागिता रहेको थियो । प्रतियोगिताको अनलाइन मिडिया पार्टनरमा गण्डकन्युज डटकम रहेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन