तनहुँ । विद्यार्थीलाई आगलागीको अवस्थामा गरिने उद्धार र आगो निभाउने हातेयन्त्र (फायर इस्टिंगुइसर)को कामको बारेमा जानकारी सोमबार तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा प्रदर्शनी गरिएको थियो ।
आगलागी भएको ठाउँका लागी क्याम्पसको चौरमा प्याक र सुकेका घास दाउरा राखेर आगलागीको नमुना बनाईएको थियो। आगलागी हुँदा दमकल आउनुपूर्व नै आगो नियन्त्रण एवम् उद्धारका कार्य छिटो होस भन्ने उद्देश्यले उक्त प्रदर्शनी गरिएको हो ।
आगलागीपछिको उद्धारका लागि आगो निभाउने हातेयन्त्र (फायर इस्टिंगुइसर) का साथमा थिए गोल्डेन फायर फ़ाइटिङ् इन्टरप्राइजेज नेपालका प्राबिधिक तथा संचालक दिलिप मरासिनि । मरासिनीले बलिरहेको आगो प्रत्यक्ष निभाउदै त्यसको प्रयोगको विधिबारे क्याम्पसका विद्यार्थीलाई बताएका थिए ।
आगलागी हुने कारण, आगलागी भएपछि नियन्त्रण, आगलागीमा परेकाहरूको उद्धार, तत्काल उपचार तथा राहतका लागि विद्यार्थीलाई व्यावहारिक रूपमै कसरी सक्षम बनाउने भन्ने उद्देश्यले गरिएको आदिकवि भानुभक्त क्याम्पसले जनाएको छ ।
यसरी अचानक आगलागी भएमा कसरी उद्धार गर्ने भनेर विद्यार्थीले गरेको प्रयोगलाई क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले अवलोकन गरिरहेका थिए ।
आगलागीमा परेकाहरूलाई उद्धार गर्न सिकाउन, आगलागी नियन्त्रक हातेयन्त्र (फायर इस्टिंगुइसर) को प्रयोग लगायतका विषयमा विद्यार्थीलाई व्यावहारिक ज्ञान दिइएको थियो ।

सानोतिनो लापरबाहीले आगलागी जुनसुकै समयमा लाग्ने भएकोले आफ्नो घरटोलमा साँच्चै आगलागी हुँदा नआत्तिकन नियन्त्रण र उद्धारका लागि खट्न विद्यार्थीलाई ज्ञान र हौसला दिन क्याम्पसमा सो कार्यक्रम गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
उनले भने “आगलागिबाट सुरक्षित राख्न क्याम्पसले आफ्ना सबै भवन, प्रयोगशाला र कार्यालयहरुमा आगलागी नियन्त्रक हातेयन्त्र (फायर इस्टिंगुइसर) जडान गरेको छ ।”
आगलागी हुँदा दमकल एवम् सुरक्षाकर्मी भन्नेबित्तिकै पुग्ने अवस्था नरहने अवस्थामा विद्यार्थीले क्याम्पस स्तरमा जानकारी प्राप्त युवाले अग्नि नियन्त्रण एवम् उद्धारका कार्यमा महत्वपूर्ण भूमिका खेल्ने गोल्डेन फायर फ़ाइटिङ् इन्टरप्राइजेज नेपालका प्राबिधिक तथा संचालक दिलिप मरासिनिले बताए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’