कोरोनाका कारण गण्डकी प्रदेशको प्रदेशसभा सञ्चालन नपिुरबाट पोखरा सभागृह स्थानान्तरण गेको थियो । पोखरा महानगरपालिका कार्यालयको अनुमतिमा प्रदेश सरकारले मर्मत सम्भार गरी हल प्रयोग गर्दै आएको थियो । अहिले प्रदेशसभा अधिवेशन डाकिएको छैन । हल खाली नै छ । तर, प्रदेशसभा चलुञ्जेल अन्य प्रयोजनका लागि हल खुल्ला भउको छैन । ब्यानर प्रदेशसभा नै छ ।
प्रदेश सभा बाहेकका अन्य कार्यक्रमहरु संचालन हुँदा नगरपालिकामा अनुमति लिएर तोकिएको शुल्क तिरेर मात्र हल प्रयोग गर्नुपर्ने व्यबस्था रहेको छ । प्रधानमन्त्री केपि शर्मा ओली निकट युवा समूहले भने शुक्रबार कसैसँग अनुमति नै नलिईकन पोखरा सभागृहमा सभा प्रयोग गरे ।
महानगरका प्रशासन शाखाका अधिकृत भरतराज पौडेलले यसबारे आफूलाई केही थाहा नभएको बताए । हल प्रयोग गर्न दिने स्वयंम प्रदेश सरकारका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै हुन् । उनीसहित पूर्व मन्त्रीहरु खगराज अधिकारी ,महेश बस्नेत, प्रदेश सांसद राजिव पहारी लगायतको नेता कार्यकर्ताले प्रदेशसभाकै ब्यानर पछाडि बोले ।
प्रदेस सभाका सदस्य दीपक कोइरालाले प्रदेश सभाको ब्यानरसम्म पनि नहटार्इ प्रदेससभाको रोस्टम प्रयोग गरेर राजनीतिक कार्यक्रम गर्नु जनप्रतिनिधि संस्था माथिको घोर अपमान भएको उललेख गरेका छन् । उनले यो अपमानको नेतृत्व गर्ने मुख्यमन्त्रीले कस्तो संस्कार बसाल्न खोज्दै हुनुहुन्छ ? भनेर प्रश्न पनि गरेका छन् । साथ दिने सांसदहरु कम्तिमा आफै अपमानित हुने काम नगर्न पनि आग्रह गरेका छन् ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु