कोरोनाका कारण गण्डकी प्रदेशको प्रदेशसभा सञ्चालन नपिुरबाट पोखरा सभागृह स्थानान्तरण गेको थियो । पोखरा महानगरपालिका कार्यालयको अनुमतिमा प्रदेश सरकारले मर्मत सम्भार गरी हल प्रयोग गर्दै आएको थियो । अहिले प्रदेशसभा अधिवेशन डाकिएको छैन । हल खाली नै छ । तर, प्रदेशसभा चलुञ्जेल अन्य प्रयोजनका लागि हल खुल्ला भउको छैन । ब्यानर प्रदेशसभा नै छ ।
प्रदेश सभा बाहेकका अन्य कार्यक्रमहरु संचालन हुँदा नगरपालिकामा अनुमति लिएर तोकिएको शुल्क तिरेर मात्र हल प्रयोग गर्नुपर्ने व्यबस्था रहेको छ । प्रधानमन्त्री केपि शर्मा ओली निकट युवा समूहले भने शुक्रबार कसैसँग अनुमति नै नलिईकन पोखरा सभागृहमा सभा प्रयोग गरे ।
महानगरका प्रशासन शाखाका अधिकृत भरतराज पौडेलले यसबारे आफूलाई केही थाहा नभएको बताए । हल प्रयोग गर्न दिने स्वयंम प्रदेश सरकारका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै हुन् । उनीसहित पूर्व मन्त्रीहरु खगराज अधिकारी ,महेश बस्नेत, प्रदेश सांसद राजिव पहारी लगायतको नेता कार्यकर्ताले प्रदेशसभाकै ब्यानर पछाडि बोले ।
प्रदेस सभाका सदस्य दीपक कोइरालाले प्रदेश सभाको ब्यानरसम्म पनि नहटार्इ प्रदेससभाको रोस्टम प्रयोग गरेर राजनीतिक कार्यक्रम गर्नु जनप्रतिनिधि संस्था माथिको घोर अपमान भएको उललेख गरेका छन् । उनले यो अपमानको नेतृत्व गर्ने मुख्यमन्त्रीले कस्तो संस्कार बसाल्न खोज्दै हुनुहुन्छ ? भनेर प्रश्न पनि गरेका छन् । साथ दिने सांसदहरु कम्तिमा आफै अपमानित हुने काम नगर्न पनि आग्रह गरेका छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’