यस क्षेत्रकै सबैभन्दा अग्रणी र जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघमा अहिले ३३ औं महाधिवेसनको सरगर्मी बढेको छ । शनिबार नयाँ नेतृत्व चयन हुँदैछ । उम्मेदवारहरु प्यानल नै घोषणा गरेर मतदाता फकाउने काममा जुटेका छन् । नारायण कोइराला र बिन्दु कोइराला सुवेदीको दुई प्यानल चुनावमा होमिदैँछ ।
हालका महासचिव अर्जुन पोखरेल वाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेद्वार छन् । संघमा कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवको जिम्मेवारी कुशलतापूर्वक बहन गरेका युवा व्यवसायी पोखरेल आसन्न निर्वाचनमा व्यवसायीले जिताउनेमा ढुक्क छन् ।
महासचिवको जिम्मेवारीपछि सिधैं अध्यक्षका लागि आकांक्षी बन्ने चलन जस्तै रहेकोमा पोखरेल भने अग्रजलाई सम्मानका साथ नारायण कोइरालालाई अघि बढाउँदै उपाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् ।
‘मलाई पनि वरिष्ठ उपाध्यक्ष वा अध्यक्ष बन्नका लागि धेरैले आग्रह गर्नुभएको थियो,’ पोखरेल भन्छन्, ‘अग्रजलाई सम्मान गर्नुपर्छ र नेतृत्वका लागि हतारिनु हुन्न भन्ने मेरो मान्यताका कारण वाणिज्य उपाध्यक्षमा बसेर राम्रो टिम बनाउन मैले सक्रियता देखाएको हुँ ।
उनले प्यानल बनाउँदा बर्तमान कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई अपग्रेड गरिएको पोखरेल बताउँछन् ।
आगामी दिनमा निजी क्षेत्रको भूमिका देशमा अझै बढ्ने सम्भावना रहेकाले राम्रो र कुशल नेतृत्व संघमा आवश्यक रहेको पोखरेल बताउँछन् । ‘पोखरा पर्यटकीय नगरी हो । पर्यटन प्रवद्र्धन लगायत निजी क्षेत्रको हकहितका क्षेत्रमा संघले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेछ,’ उनी भन्छन् ।
२०७१ देखि ०७३ सम्म उनी कार्यसमिति सदस्यमा निर्वाचित भए भने २०७३ देखि ०७५ सम्म उपमहासचिवको रुपमा काम गरे । ग्रामिण पर्यटन विकासको लागि उनले अभियानकै रुपमा विभिन्न काम गरेका छन् भने संस्थागत रुपमा उद्योगी व्यवसायीका हक हितका लागि आवाज बुलन्द पार्दै आएका छन् ।
संघलाई सानो लगानीबाट व्यवसाय सुरु गर्नेदेखि ठूलो लगानी गर्ने सबै व्यवसायीहरुको साझा संस्था बनाउने अभियानलाई विशेष प्राथमिकता दिने र उद्योगी व्यवसायीलाई राज्य र प्रशासनिक निकायबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन निरन्तर क्रियाशील रहने बताएका छन् । कोभिड–१९ ले धरासायी बनाएको पर्यटन तथा यातायात क्षेत्रको पुनरुत्थानको लागि सरोकारवाला निकायसँग सहकार्य एवम् पर्यटन प्रवद्र्धनका विविध गतिविधि सञ्चालनमा पहल गर्ने उनको भनाई छ ।
होटल संघ र आवास संघको समर्थन
पश्चिमान्चल होटल संघ र गण्डकी जग्गा तथा आवास विकास संघले उपाध्यक्ष (वाणिज्य) पदमा अर्जुन पोखरेललाई मत दिने निर्णय गरेको छ । दुई संस्थाले आधिकारिक निर्णय गरेर नै पोखरेललाई सघाउने निर्णय गरेका हुन् । पोखरेल होटल संघको सदस्य हुन् भने आवास विकास संघको पुर्व अध्यक्ष हुन् । यस्तै, युवा उद्यमी मन्चले समेत पोखरेललाई नै मतदान गर्न मातहतका मतदाताहरुसँग आग्रह गरेको छ ।
आफ्नो संस्थाका समस्या समाधानका लागि संस्थाकै सदस्यलाई नेतृत्वमा पु¥याउनुपर्ने भन्दै विभिन्न संघ संस्थाले पोखरेललाई निर्वाचित गराउन अपिल गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला