काठमाडौं, २४ फागुन । प्रदेश ४ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कानून निर्माण र मन्त्रिपरिषद्लाई विभिन्न रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्रीको संयोजकत्वमा रहने राजनीतिक समितिमा आन्तरिक मामिलामन्त्री र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सदस्य तथा प्रदेश मुख्य सचिव सदस्य सचिव हुनेछन् । आन्तरिक मामिलामन्त्री संयोजक रहने प्रशासन समितिमा उद्योगमन्त्री सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य सचिवका रुपमा रहनेछन् ।
त्यस्तै उद्योगमन्त्रीको संयोजकत्वमा रहने आर्थिक समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा बैठक शाखाका सचिव सदस्य सचिव रहने बताइएको छ ।
बैठकले आर्थिक कार्यविधि विधेयक २०७४ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले पारित गरेसँगै सो विधेयक आगामी प्रदेशसभाको बैठकमा टेबुल हुने जनाइएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो