काठमाडौ । बहुप्रतिक्षित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघे सक्रान्तीबाट देश भर रिलिज हुने पक्का भएको छ। फिल्म हल सन्चालकले हल खोले पनि सन्चार मन्त्रालयले फिल्मको सेन्सर पास रोक्दा अन्योल छाएको थियो।
नायक शिव श्रेष्ठ, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल र निर्माता आकाश अधिकारीले प्रधानमन्त्री समक्ष विशेष पहल गरेपछी मङ्गलबारबाट सेन्सर खुला गरिएको छ।
मङ्गलबार नै सेन्सर पास भएको फिल्म एउटा यस्तो प्रेम कहानीले पिजि प्रमाणपत्र पाएको छ, जस अनुसार १६ बर्ष मुनिका बालबालिका अभिभावकको साथमा हेर्न जानू पर्ने हुन्छ। यससँगै फिल्म एउटा यस्तो प्रेम कहानी कोभिड पछि रिलिज हुने पहिलो फिल्म बनेको छ।
फिल्मलाई हल संचालकको समेत राम्रो साथ मिलेको छ। मल्टिप्लेक्स हलमा निर्माताले पहिलो हप्ता ५०, दोश्रो हप्ता ४५, तेश्रो हप्ता ४० र बाँकी रहेका हप्तामा ३५ प्रतिशत शेयर पाउने चलन छ तर, फिल्म एउटा यसतो प्रेम कहानीलाई भने सिंगल र मल्टिप्लेक्स हलले ५५ प्रतिशत शेयर दिने भएका छन् ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गरेका छन्।
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता यशाेदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माता रहेका छन्।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’