होचा व्यक्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न गरिएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका उनको निधन भएको एक बर्ष पश्चात सोमबार पोखरामा प्रथम स्मृति सभा सम्पन्न गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।
खगेन्द्रले नेपाललाई विश्व सामु चिनाउन पुराएको योगदानको मुल्याङकन सहित स्मरण गर्दै प्रथम स्मृति सभा आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताए । प्रतिष्ठानका अध्यक्ष राना, उपाध्यक्ष रामबहादुर के.सी., कोषाध्यक्ष दामोदर बाँस्तोला, पत्रकार रुद्र सिरिस मगर, दीननाथ बराल लगायतले खगेन्द्रको तष्विरमा माल्यारोपण सहित स्मरण गरेका थिए ।
बागलुङ जिल्ला, वरेङ गाउँपालिका वडा नं. १, धुल्लुवास्कोटमा जन्मेका खगेन्द्र छाती, मुटु सम्बन्धि रोगबाट ग्रसित भई पोखराको मणिपाल शक्षिण अस्पतालमा उपचारकै क्रममा गत बर्ष २०७६ माघ ३ गते निधन भएको थियो । खगेन्द्रका आमा धनमाया थापा मगर र वुवा रुपवहादुर थापा मगरले भने खगेन्द्रको स्मृतिमा बुधबार आफ्नो परम्परा अनुसार उनको स्मृतिमा स्मरण गर्ने भएका छन्।

२०४९ साल असोज २८ गते जन्मेका खगेन्द्र थापा मगर खगेन्द्र भारत, कोरीया, वेलायत, मलेसिया, अष्ट्रेलिया, इटली, फ्रान्स, आइसल्याण्ड, सुजरल्याण्ड, हङकङ, लम्जम्बर्ग, होल्याण्ड, कतार हुदै अमेरीकासम्मको भ्रमण समेत गरेका थिए । अध्यक्ष रानाको पहलमा २०६३ सालमा खगेन्द्रको हकहितको लागि भन्दै खगेन्द्र थापा मगर प्रतिष्ठान गठन भएको थियो ।
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो