पोखरा – सोमबार पोखराका १७ सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका १३९ जनामा गरिएको परीक्षण मध्ये थप २५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित गण्डकीका ४ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका १७, तनहुँका ३, नवलपुरका २ र बाग्लुङ जिल्लाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार १ सय ८९ पुगेको छ । जसमा ४६६ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट १०२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ५ सय २४ पुगेको छ ।
सोमबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।
पोखरा महानगरपालिका -८ निवासी ७३ वर्षीय कोरोना संक्रमित पुरुष र तनहुँ जिल्ला भिमाद नगरपालिका -६ का ५० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९९ पुगेको छ ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु