तनहुँ । तनहुँको सदरमुकाम एवं व्यास नगरपालिकामा पर्ने दमौली बजारमा बिहान र साँझ हेवी तथा मालबहाक सवारी प्रवेश निषेध गर्ने निर्णय गरिएको छ ।
बिहान ९ बजे देखि १०:१५ बजेसम्म र बेलुका(साँझ) ३:३० देखि ५ बजेसम्म मालबहाक सवारी प्रवेश निषेध गर्ने निर्णय गरिएको हो ।
उक्त समयमा कार्यालय, विद्यालय लगाएतको समय हुने भएकाले मालबहाक सवारीलाई बजार प्रवेशमा निषेध गरिएको एकाईले जनाएको छ ।
मंगलबार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको आयोजना र जिल्ला ट्राफिक कार्यालय तनहुँको सहआयोजनामा व्यवसायीहरु संग छलफलमा उक्त निर्णय गरिएको एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बताए ।
कार्यालय समय लागु तथा तत् सम्बन्धि सचेतना कार्यक्रमबाट उक्त निर्णय गरिएको सभापति श्रेष्ठले बताए । दमौली बजारलाई भिडभाड रहित बनाउन उक्त निर्णय गरेको सभापति श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा ट्राफिक व्यवस्थापनमा नमुना व्यासनगर बनाउन लागी परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए । ‘नमुना बनाउन लागि परेका छौं ‘ प्रमुख रानाभाटले भने ‘यसका लागी सबैको साथ र सहयोग आवश्य रहन्छ ।’ उनले अगाडी थपे ‘व्यवसायीको व्यवसाय नै धरापमा पार्ने उद्धेश्य हाम्रो छैन ।’
विद्यार्थीलाई ट्राफिक नियम बारे सचेतना दिनुपर्ने व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्र रेग्मीले बताए । चालक र सहचालकलाई पनि ट्राफिक नियम संगै नयाँ निर्णय बारे जानकारी दिनुपर्ने अधिकृत विक्रेता संघ तनहुँका अध्यक्ष तिल बहादुर थापाले बताए ।
ट्राफिकको सिठ्ठी सुनेर झिझ्यारो नमान्न प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए । उनले भने ‘गल्ति भए चालक आफैले महसुस गर्नुपर्छ ।’
उक्त कार्यक्रममा व्यास-२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ लगाएतले बोलेका थिए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’