किरण श्रेष्ठ तनहुँ, २७ फागुन / तनहुँ सदरमुकाम दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर ३ शान्तिनगरमा ग्याङ फाइट भएको छ।
आइतबार साँझ दुई युवा समूह बिच डरलाग्दो झडप भएको हो । झडपमा ४ जना युवाहरू घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते हुनेमा रिसिङ गाउँपालिका १ झापुटारका विसन थापा र मिलन थापा रहेका छ्न । गम्भीर घाइते थापाद्वय लाई उपचारका लागी पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
त्यसैगरी, व्यास नगरपालिका वडा नम्बर ३ शान्ति नगरका अन्जन पुलामी र समीर बासीमगर सामान्य घाइते रहेको र दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न शंकास्पद ५ जना युवा लाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल वरिपरि बियरका बाेतलहरु फुटेकाे तथा शान्तिनगर जाने बाटोमा रगत देखिएकाे समेत प्रहरीले जानकारी दियो । अहिले राति व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटना के कारणले भयो भन्ने खुलिनसकेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पछिल्लो समय प्रदेश नम्बर ४ को अन्य जिल्लाहरुको तुलनामा तनहुँमा अपराधिक घटना धेरै हुने गरेको छ । तीन साता अघि पनि तनहुँको म्याग्दे गाउँपालिका थर्पुमा एउटा टोले समूहले अर्को टोले समूहमाथी आक्रमण गर्यो । शुक्लागण्डकी–५ का सञ्जु भुजेल र सञ्जिव राईलाई अर्को समूहका शुक्लगण्डकी–४ दुलेगौडाका मिलन पौडेल लगायतले आक्रमण गरेका थिए ।
फोटो : विकास खनाल
सम्बन्धित खबर
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो तर काम सकिएन
तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन
तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग