पोखरा : प्रहरीले लागूऔषध गाँजा सहित जिरो किमीबाट २ युवक पक्राउ पक्राउ गरेको छ । पोखरा केआईसिंहपुल बस्दै आएका दुई युवकलाई माग १० (शनिबार) दिउसो अन्दाजी ३ बजेको समयमा पक्राउ गरेका हुन ।
पक्राउ पर्नेमा कपिलवस्तु विजयनगर गाउँपालिका-१ घर भई पोखरा-१६ केआईसिंहपुल बस्ने २२ वर्षीय अर्जुन घर्तीमगर र स्याङ्जा पुतलीबजार नगरपालिका-१४ घरभई पोखरा–१६ केआईसिंहपुल बस्दै आएका २२ वर्षीय सफल ढकाल रहेका छन् ।
पोखराको जिरो किलो स्थित चेकजाँच गर्ने क्रममा संकास्पद अवस्थामा रातो रंगको जेब्रा झोलामा लागुऔषध गाँजा चार केजी, मोवाइल २ थान र नगद तीन हजार एक सय रुपैयाँ बरामद गरी निजलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
सम्बन्धित खबर
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग