पोखरा – कास्की प्रहरीले चोरीका गहना सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं -११ स्थायी घर भई हाल पोखरा -२६ विजयपुर बस्ने २६ वर्षीय किशोर शर्मा रहेका छन् ।
प्रहरीका अनुसार गत माघ ६ गते दिउँसो १२ :३० बजेको समयमा पोखरा -५ धारापानी मार्ग डेरा गरी बस्ने गिता भुजेलको कोठाको चावी र दराज फोडेर दराजमा रहेको औंठी, सिक्री, मंगलशुत्र लगायतका विभिन्न सुनका गरगहना तथा धनमाल चोरी भएको थियो । चोरी भएको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले गरेको अनुसन्धान पश्चात शर्मालाई चोरीका सामान सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका शर्माको साथबाट प्रहरीले हरियो पोते सहितको सुनौलो रंगको ३९.४ लाल तौलको छड्के तिलहरी १ थान, रातो पोते सहितको सुनौलो रंगको ८७.१ लाल तौलको मंगल शुत्र १ थान, रातो पोते सहिको सुनौलो रंगको २.४ लाल तौलको सानो तिलहरी १ थान, रातो पोते सहितको सुनौलो रंगको १४.५ लाल तौलको माईली तिलहरी १ थान, रातो पोते सहिको सुनौलो रंगको सानो २५ लाल तौलको मंगल शुत्र १ थान, सुनौलो रंगको ५ लालको छापे औंठी १ थान, सुनौलो रंगको ६९.५ लाल तौलको सिक्री १ थान, सुनौलो रंगको सानो १० लाल तौलको मुन्द्रा १ थान, ग १३ प ३७४७ नंवरको रातो विइगो स्कुटर १ थान, फलामको रड १ थान, कम्पास जस्तो देखिने फलामको टुक्रा १ थान र मोबाईल सेट २ थान वरामद गरेको छ ।
उनी विरुद्ध चोरी तथा डाँका सम्बन्धि कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते