मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन् ।
पशुपतिको पूजा अर्चनाका क्रममा उहाँले शुरुमै ५१ हजार खर्च लाग्ने गरी लाखबत्ति बालेर रुद्री पूजा गरे । अनि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाललाई सोधे, ‘यहाँ सुनको जलहरी राख्ने कुरा के भयो रु’ प्रदीपले जवाफ दिए, ‘अझै ३० करोड जति पुग्दैन हजुर †’ अनि, प्रधानमन्त्रीले नजिकै रहेको आगन्तुक पुस्तिका ताने र संस्कृति मन्त्रीका नाममा आदेश लेखे, ‘यस वर्षको शिवरात्रिभित्र जडान गर्ने गरी ३० करोड रुपैयाँ तुरुन्त निकासा दिने‘’ अनि, भने, ‘यो पैसा तुरुन्तै आउँछ ।’ प्रधानमन्त्रीले लेखेको उक्त ठाडो आदेशको सक्कल प्रति सदस्य सचिव ढकालसँग सुरक्षित छ ।
अहिलेसम्म शिवलिंगमा चाँदीको जलहरी छ । त्यहाँ १ सय ४१ किलो सुनको जलहरी राख्न कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाएको एक वर्ष पुग्न लागेको छ । यो समिति बनाउँदासम्म त्यस्तो काम सम्पन्न गर्न ९२ करोडको हिसाब अनुमान गरिएको थियो ।
त्यसमा कालिगढको खर्च र १८ या २४ क्यारेटको हिसाब जोडिएको छैन । कोषको सञ्चालक परिषद्ले एक वर्षअघि यो काम सम्पन्न गर्नलाई कार्यविधि पनि बनाइसकेको थियो ।
गत वर्ष शिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न पुगेकी राष्ट्रपति विद्या भण्डारीलाई यो कुरा सुनाइएको थियो । तर, कोषले प्रधानमन्त्रीलाई कुरा सुनाउने मौकै पाएको थिएन । तर, सोमबार बिहानको पूजाका क्रममा प्रधानमन्त्री आफैँले सोधेपछि एकैपटक ३० करोड आम्दानी भएको छ । त्यहाँका स्थानीयले यति खर्चिलो जलहरी राख्ने कुराको विरोध गर्दै आएका छन् ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला