पोखरा । आगामी माघ १७ गते शनिबार सुजुकी ब्राण्डका गाडी खरिदमा ग्राहकले विशेष अफर पाउने भएका छन् । सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको विक्रेता बतास ब्रदर्श प्रालिमा सुजुकी गाडी खरिदमा छुट पाइनेछ ।
नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पोखरासहित देशभरका सबै ३८ वटा डिलरसिपमा माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’ को अफर लागु गर्ने भएको हो । सो अफर माघ १७ गते एक दिन मात्रै हुनेछ ।
‘सुपर स्याटरडे’ अन्तर्गत सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन् । बतास ब्रदर्श मारुती सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीका अनुसार ग्राहकहरुले सो दिन अधिकतम दुई लाख रुपैयाँसम्म नगद छुट र एक लाखसम्मको सुपर स्याटरडे नगद छुट ,एक वर्ष सम्म इन्सुरेन्स साथै निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउनेछन् । ।
बतासले यसअघि दशैँ तिहारलाई लक्षित गरी ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको थियो । कम्पनीले अहिलेसम्मकै धैरै नगद छुट सहितका अन्य सुविधा सहित सो अफर सफलतापूर्वक सम्पन्न गरेकोमा अहिले ‘सुपर स्याटरडे’ स्कीम ल्याएको हो ।
नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको गाडी बिक्री गर्दै आएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’