पोखरा । वडा प्रहरी कार्यालय, बैदामको प्रमुखको जिम्मेवारी सम्हाल्न हालै पोखरा आएकी प्रहरी नायव उपरीक्षक (डिएसपी) चिनीमाया तामाङलाई धादिङका दिदीबहिनीले स्वागत गरेका छन् ।
धादिङमा जन्मिएकी डिएसपी तामाङलाई पोखरास्थित धादिङका दिदीबहिनीहरुको संस्था धादिङ त्रिपुरा बाराही महिला समूहले शनिबार एक कार्यक्रमका बीच स्वागत गरेको हो । पोखराको लेकसाइडमा रहेको वडा प्रहरी कार्यालय बैदाममा ईञ्चार्जको जिम्मेवारी सम्हालेकी उनी पहिलो महिला पनि हुन् ।
उक्त अवसरमा डिएसपी तामाङले धादिङबासीलाई हर दुःखमा आफ्नो क्षेत्रबाट साथ दिने भन्दै हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाइन् । सहकार्य र सहयोग एकआपसमा सदैव रहने उनले स्पष्ट पारिन् । आफ्नै जिल्लाबासी दिदीबहिनीहरुबाट स्वागत र सम्मान पाउँदा निकै खुसी लागेको उनको भनाई छ ।
कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले पोखरामा धेरै धादिङवासी रहेको भन्दै डिएसपी तामाङको आगमनसंगै जिल्लावासीका विभिन्न समस्यामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समूहकी अध्यक्ष बबिता मल्लले धादिङकी चेली आज पोखराको पर्यटकीय क्षेत्र वडा प्रहरी कार्यालय बैदामको प्रहरी प्रमुखको रुपमा पाउँदा निकै खुसी ब्यक्त गर्दै उनको पोखराको बसाईं सुखद् रहोस् भन्दै कामना पनि गरिन् । पर्यटकीय क्षेत्रको शान्ति सुरक्षामा पहिलोपल्ट महिला इञ्चार्ज पाएकोमा महिलाहरुको थप सुरक्षामा महत्वपूर्ण भूमिका रहने विश्वास पनि उनको छ ।
कार्यक्रममा धादिङ लेकसाइड पारिवारिक समाजका अध्यक्ष माधव लम्साल, समूहकी निवर्तमान अध्यक्ष हीरा सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष बिन्दा धरेल र सञ्चालन सचिव निर्मला पाठक थपलियाले गरेकी थिइन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन