कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । नौ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र सडक पूर्वाधारबाट जोड्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार : समृद्ध माछापुच्छ्रेको आधार’को नारासहित अघि बढेको गाउँपालिकाले हालै पालिकाका तीन वडालाई जोड्ने गरी पक्की कालोपत्र सडक निर्माण शुरु गरेको छ । वडा नं ४ लाहाचोकको भिरकटेराबाट वडा नं ३ को घाचोक र वडा नं १ को साविक माछापुच्छ्रे गाविसको टुसेसम्म चार किमी पक्की सडक निर्माण शुरु भएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले जानकारी दिइन् । उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको समपूरक बजेटबाट ती सडक पूर्वाधार निर्माण गर्न लागिएको हो ।
भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी विद्यालयसम्म एक र भलाबोटबाट टुसेसम्म अर्को खण्डमा विभाजन गरी काम गरिने गाउँपालिकाले जनाएको छ । भलाबोटबाट टुसे खण्डका लागि तीन करोड ७५ लाख लागतमा गत पुस २६ गते ठेक्का सम्झौता भएर काम शुरु गरिएको छ । यसै आर्थिक वर्षभित्र सो सडकखण्ड पक्की कालोपत्र गरिने गर्ने नयाँबाटो निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए ।
उनका अनुसार वडा नं ४ को पानपाते चौताराबाट वडा नं ३ को शुक्लागण्डकी विद्यालयसम्मको एक किमी ६०० मिटर लामो सडकका लागि बोलपत्र आह्वान भएर मूल्यांकनको चरणमा रहेको छ । ‘गाउँपालिकाको कार्यालयबाट वडाका केन्द्रलाई पक्की सडक सञ्जालबाट जोड्ने गरी योजना निर्माण गरेर कार्यान्वयन शुरु गरेका छौँ’, उपाध्यक्ष दबाडीले भने, ‘स्तरीय सडक पूर्वाधारका माध्यमबाट गाउँपालिकावासीलाई सुविधा दिने योजना छ ।’
यसैगरी गाउँपालिकाका अधिकांश वडालाई समेट्ने गरी वडा नं २ को कोलचोकबाट, भलाबोट, लाहाचोक, भिँडाबारी, गैरीगाउँ, धिताल हुँदै धम्पुससम्मको १५ किमी सडक गत आर्थिक वर्षदेखि स्तरोन्नति काम भइरहेको छ । संघ, प्रदेश र गाउँपालिकाको लगानीमा माछापुच्छ्रेमा सडक पूर्वाधारका ठूला योजना सञ्चालनमा रहेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पोखरा–२५ मेलबोटबाट गाउँपालिकाको वडा नं ९ घलेलसम्मको १५ किमी सडकको काम विसं २०७५ असोजदेखि शुरु भएकामा आगामी चैत मसान्तभित्रमा निर्माण सम्पन्न हुने जनाइएको छ ।
यसैगरी प्रदेश सरकारको प्रदेश सदरमुकामबाट स्थानीय तहका केन्द्र जोड्ने सडक कार्यक्रमअन्तर्गत पोखरा–२५ मिलनचोकबाट माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोकसम्म पाँच किमी सडक १० करोड लागतमा कालोपत्र गर्ने योजनाअनुसार हाल सडक फराकिलो बनाउने, नाला निर्माणलगायतका काम भइरहेको गाउँपालिका उपाध्यक्ष दबाडीले बताइन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो