पोखरा । युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को पोखरामा विमोचन गरिएको छ ।
साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशङ्कर पालिखेलगायतले अङ्ग्रेजी भाषामा लिखित सो उपन्यासको संयुक्त विमोचन गरे ।
कार्यक्रममा प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको जनाउँदै एउटा पे्रमिल साहित्यको अध्यायको शुरुआत भएको बताए। रेडियो अन्नपूर्ण ९३.४ का प्रबन्ध निर्देशक सुनयना पालिखेले उपन्यास किशोर वयका लागि पठनीय सामग्री हुने विश्वास व्यक्त गरिन् । ‘पाेखरामा १८ वर्षकाे कलिलो उमेरमै अङ्ग्रेजी भाषामा उपन्यास लेख्ने सायद प्रथम उपन्यासकार हुन् सुप्रिया’ – उनको भनाई छ ।
नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक विनोद लामिछानेलगायतले कृति र कृतिकारको चर्चा गरे । कार्यक्रममा उपन्यासकार पालिखेले उपन्यासमा किशोरकिशोरी उमेरमा पलाउने इच्छा, चाहना, मायालगायतलाई समेट्ने प्रयास गरिएको बताईन्।
विद्यालयदेखि नै आफ्नो लेखनप्रति आफ्नो रुचि रहेको उल्लेख गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफूले उपन्यासको रचना गरेको अनुभव सुनाइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ